भृकुटी मण्डपमा आज एमालेले युथ सेलेब्रेसन गर्ने

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेले आज भृकुटी मण्डपमा आज युथ सेलेब्रेसन गर्दैछ । युथ सेलेब्रेसनका लागि देशभरबाट एमालेले युवाहरु काठमाडौं ल्याएको छ ।

‘जनताले जितेको दिन’ नारा सहित एमालेले युवाहरुलाई काठमाडौं बोलाएको छ । सभा दिउँसो १ बजेबाट सुरू हुनेछ ।

सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी बक्ताहरुले कुरा राख्नुको साथै लोकतन्त्र र युवाको भूमिकाबारे सार्वजनिक विमर्श गर्ने भएको हो ।
सांस्कृतिक प्रदर्शन, बक्ताहरुको भनाइ र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन मार्फत् लोकतन्त्रबारे विमर्श हुनेछ । एमालेले युथ सेलिब्रेसनलाई लोकतन्त्रको महत्व बुझाउनकै निम्ति आयोजना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *