निवार्चन नजिकिँदै गर्दा गृहमन्त्रालय गुमनाम

राजनीति समाचार

काठमाडौं । ओम प्रकाश अर्यालले गृह मन्त्रालय सम्हालेको सय दिन पुगि सकेको छ । सयदिनको अवधिसम्म अर्यालले गृह प्रशासनलाई चलायमान बनाउन सकेका छैनन् । उनले सिडियो सरुवामा मात्रै दिन बिताइरहेका छन् । अझै केहि जिल्लाहरु सिडिओविहिन भइरहेका छन् । अर्यालले त्यसलाई परिपूर्ति गर्न सकेका छैनन् । निर्वाचनको लागि चाहिने गाडीदेखि हातहतियार खरिदसम्मको काम थाती राखेका छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीमा बढुवा हुने सकेको छैन । नेपाल प्रहरीमा ११ जना एसएसपी पद रिक्त रहेको छ । कतिपय प्रहरीहरु बढुवा नभएर असन्तुष्टि बनिरहेका छन् ।

जेनजी आन्दालनले गर्दा प्रहरीको भौतिक संरचनादेखि लत्ताकपडा जलेर नष्ट भएका छन् । प्रहरीहरु भौतिक संरचना निर्माणमा जुटिरहेका छन् । प्रहरीहरुको मनोवल गिरिरहेको छ । निर्वाचनको माहोल बढिरहँदा प्रहरी कमजोर अवस्थामा रहेका छन् । प्रहरी कमजोर हुँदा सुरक्षामा चुनौतीहरु त्यत्तिकै रहेका छन् । त्यसको लागि गृहमन्त्री र प्रहरीबीच समन्वयकारी भूमिका रहनुपर्नेमा त्यो पनि भएको देखिँदैन । प्रहरी एकातिर छन् भने गृहमन्त्री अर्काेतिर रहेका छन् । प्रहरीलाई चाहिने, सुरक्षा सामग्री, प्रहरी पोशाक, सञ्चार सेट, हतियार तथा सुरक्षा सामग्रीहरुको समयमा व्यवस्थापन गर्नुपर्नेमा त्यो पनि हुन सकेको छैन । त्यसले गर्दा नेपाल प्रहरीहरुको मनोबल गिरेको अवस्था छ ।

यस्तो अवस्थामा सरकारले कसरी निर्वाचन गर्छ ? निर्वाचनको लागि चारवटा सुरक्षा निकायको समन्वयकारी भूमिका हुनुपर्छ तर त्यो भएको पाइँदैन । सशस्त्र प्रहरी र नेपाल प्रहरीमा आत्मवल गिरेको अवस्था छ । दान वहादुर कार्की नेपाल प्रहरीको आइजीपी भएको डेढ महिनाभन्दा बढि नाघिसकेको छ । कार्की नियुक्ति भएको डेढ महिना पुगिसक्दा पनि प्रहरी संगठनभित्रको विकृति र विसंगति पुरानै अवस्थामा रहेको छ । कार्कीले प्रहरी संगठनलाई सुधार्न कुनै पहल गरेको देखिदैन ।

प्रहरी सरुवा बढुवामा समस्या भइरहेको छ । आगामी फागुन २१ मा हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनको लागि पनि प्रहरीभित्र रिक्त एसएसपीको बढुवा हुनुपर्ने थियो । त्यो गृहमन्त्री अर्यालले गर्न सकेका छैनन् । निर्वाचनको लागि म्यादी प्रहरी आवश्यकताअनुसार भर्ति गर्न सकेको पाइँदैन । देश निर्वाचनमा होमिरहँदा सरकारले त्यसको लागि उपयुक्त वातावरण मिलाउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *