काठमाडौं । आज बस्ने प्रतिनिधि सभाको बैठकमा ‘नेपाल नागरिकता (दोश्रो संशोधन)विधेयक, २०८१ लाई प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बिहान ११ बजे बस्ने बैठकमा विधेयकमाथि दफावार छलफल संसदीय विषयगत समितिमा नगरेर सदनबाटै पारित गर्ने तयारी गरेको हो । बैठकमा गृहमन्त्री रमेश
लेखकले बुधबारको लागि तय भएको कार्यसूचीमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।
यो विधेयकमाथि प्राप्त संशोधनहरुलाई आजै सभामा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसपछि गृहमन्त्री लेखकले नागरिकता ऐन संशोधन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।

