काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई सरकारले ल्याएको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।
कांगेसका प्रमुख सचेतक श्याम घिमिरेले आजको बैठकमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुने हुनाले सो बैठकमा अनिवार्य उपस्थित हुन र पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् ।