सामाजिक सञ्जालको दुरुपयोग गर्दा देश तहसनहस

राजनीति समाचार

काठमाडौं । जेनजी आन्दोलनबाट खेलकुदमन्त्री बनेका बब्लु गुप्ता नेपाली रानीतिमा ‘कुन चरीको नाम’ जस्तै थिए । तिनै गुमनाम गुप्ता जेनजी आन्दोलनको आडमा खेलकुदमन्त्री बन्न पुगेका छन् । गुप्ता खेलकुदमन्त्री बने तापनि खेल क्षेत्रलाई ध्यान नदिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को चाकडीमै व्यस्त छन् । बब्लु गुप्तालाई मन्त्री बनाउन बालेन शाहलाई ‘रुटिन अफ नेपाल बन्द (आरओएनबी)’ नामक फेसबुक पेजका सञ्चालक भिक्टर पौडेलले एक करोड रुपैयाँ दिएको स्रोतले उल्लेख गरेको छ । काठमाडौंका मेयर बालेनले पनि ५÷७ वर्ष अगाडिदेखि उनै भिक्टरको ‘रुटिङ अफ नेपाल बन्द’ नामक फेसबुक पेज

‘फलोअप’ गरेर आफ्नो चुनावी अभियान चलाएका थिए । त्यसकै बलमा विदेशमा बस्ने नेपाली र स्वदेशका युवायुवतीलाई प्रभावित पारेर नेपालका राजनीतिक दलका नेताविरुद्ध जनअभियान जुटाउने काम गर्दै आएका थिए । तिनै युवायुवतीको जोडबल, आग्रह र करकापमा उनीहरुका अभिभावकले २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्रबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका बालेन शाहलाई भोट हाले । सोही भेटले शाह काठमाडौंको मेयर बन्न सफल भएका थिए ।

देशको सबैभन्दा धेरै बजेट हुने काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले ‘रुटिन अफ नेपाल बन्द’देखि विभिन्न सामाजिक सञ्जाल प्रयोग गरी दलका नेता, संघीय सरकार र मनत्रीहरुविरुद्ध कहिले ‘सिंह दरबारमा आगो लगाइदिन्छु भन्थे त कहिले सिंहदरबार अन्यत्र सार्न भन्दै फोहोरका कन्टेनरहरु लगेर थुपार्ने अभियान चलाउन थालेका थिए । खासगरी भ्रष्टाचार, विकृति, विसंगति र कुशासनको कपोकल्पित एवं भ्रमपूर्ण समाचारहरु सामाजिक सञ्जालमार्फत् युवायुवतीमाझ फैलाउँदै आएका थिए । मेयर बालेन शाहको त्यो भ्रमपूर्ण प्रचारको आधारमा विदेशमा वा स्वदेशमा बस्ने युवायुवतीहरु दलका नेता र सरकारविरुद्ध आक्रोशित हुँदै आएका थिए ।

त्यसरी आक्रोशित हुँदै गएको जनमतबाट फाइदा लिनको लागि बालेन शाहले भित्रभित्रै आन्दोलनको तयारी गरिरहेका थिए । शाहले दूर्गा प्रसाईँको तीनकुने आन्दोलन नै भड्काएर हिंसात्मक गतिविधि मच्चाउने योजना रचिरहेका थिए । तर, त्यसबेला उनको योजना सफल हुन नसकेपछि अर्को योजनाको तयारीमा जुटिरहेका थिए । बज तत्कालीन सरकारले सामाजिक सञ्जाललाई नियमन र नियन्त्रण गर्नेभन्दै सामाजिक सञ्जाललाई दर्ता गर्न आह्वान गरेको थियो । दर्ता गर्न दबाब दिनको लागि केही समयको लागि सामाजिक सञ्जाल बन्द गरेको थियो ।

सामाजिक सञ्जाल बन्द भएपछि नेपाली युवायुवतीहरुलाई देशमा भ्रष्टाचार बन्द हुनुपर्ने, सामजिक सञ्जाल खुल्नुपर्ने माग राखेर ‘रुटिन अफ नेपाल बन्द’ नामक फेसबुक पेजमार्फत् आन्दोलन गर्न उक्साए । बालेनको त्यो उक्साहटमा लागेर युवायुवतीहरु गत भदौ २३ गते माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका थिए । त्यो विरोध प्रदर्शनको व्यवस्थापन महानगरपालिकाले नै गरेको थियो । शान्तिपूर्ण विरोध प्रदर्शनमा घुसपैठ भएपछि भीडलाई आक्रोशित बनाएर विरोध प्रदर्शनमा रहेका युवायुवतीहरुलाई संसद् भवन नयाँ बानेश्वर पु-याए ।

आक्रोशित भीडले संसद् भवनमा आक्रमण गर्न खोजेपछि सुरक्षाकर्मी र आन्दोलकारीबीच भीडन्त भएको थियो । सो भिड नियन्त्रण गर्न प्रहरी गोली चलाउन वाध्य भएको थियो । भीडन्तमा प्रहरीको गोलीबाट विद्यार्थीसहित १९ जना युवाहरुको मृत्यु हुन पुग्यो । त्यो अघटनाबाट आक्रोशित भएका सर्वसाधारणलाई उकासेर २४ गते भौतिक संरचनाको क्षतिसहित नरहंसार नै भयो ।

नरसंहार मात्रै भएन, देशै तहसनहस भयो । यसरी सामाजिक सञ्जालको दुरुपयोगबाट देशै तहसनहस हुँदा पनि सरकारका सम्बन्धित निकायहरु बेखबर जस्तै बन्न पुगेका थिए । घटना घटेको तीन महिना बितिसक्दा पनि सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायत देशका महत्वपूर्ण अंगसँगै राजनीतिक दलका शीर्ष नेताहरुको धनजनमाथि कहाँबाट कसले आक्रमण ग¥यो भनेर एकि विवरण बाहिर ल्याउन सकेको छैन । यस विषयमा न त राजनीतिक दलहरु बोल्न सकेका छन् न त सरकारले नै ध्यान दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *