मेनस्ट्रिम पत्रकारिता र सामाजिक सञ्जाल छुट्याउन आवश्यक

राजनीति समाचार

पछिल्लो समय मिडिया हाउस र पत्रकारहरुको साख गिर्दै गएको छ । पहिला जोकोही व्यक्ति पत्रकार हुन पाउँदैन थिए । पत्रकार हुनको लागि निश्चित योग्यता, क्षमता र अनुभव तोकिएको छ । त्यसको ‘बाउन्ड्री’भित्र रहेर पत्रकारले समाचार लेखन, सम्पादन प्रकाशन, प्रसारण गर्नुपर्ने हुन्थ्यो । सम्वादाताहरुले ल्याएको समाचारलाई सम्पादकले तीन÷चार पटकसम्म सच्याएर सन्तुलित र निष्पक्ष बनाउने गर्दथे । घटनास्थलको निरीक्षण गरी पक्ष, विपक्षको कोर्डसहित समाचारलाई सन्तुलित बनाउने गरिन्थ्यो । सम्पादकले सम्पादन नगरी सम्वाददाताले ल्याएको समाचार प्रकाशित, प्रसारित हुँदैन थियो ।

सम्वादादाताहरुको निश्चित योग्यता, क्षमता र दक्षको आधारमा समाचार लेख्ने जिम्मेवारी दिइन्थ्यो । तर, पछिल्लो समय फेसबुक, टुइटर, युटुब, टिकटकजस्ता सामाजिक सञ्जालमा असम्पादित सामग्री प्रकाशन र प्रसारण गर्ने प्रवृत्ति बढेको छ । सामाजिक सञ्जालमा घटनाको सत्यतथ्यभन्दा पनि समाजमा नकारात्मक सन्देश दिने खालका शब्द, श्रव्य र दृष्यहरु पस्किने गरिन्छ । त्यसले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र समाजलाई नै विभाजित गर्ने खतरा बढिरहेको छ ।

पाठक तथा दर्शकहरुले पनि सत्य, सत्य र खोजमुलक समाचार भन्दा भाइरल हुने खालका श्रव्य, दृश्यलाई ध्यान दिने र त्यसको आधारमा धारणा बनाउने प्रचलन बढेको छ । देशको बागडोर सम्हाल्ने राजनीति पार्टीभित्र पनि त्यस्तै खालका सन्देशको प्रभाव बढेको छ । त्यसले गर्दा पुरानादेखि नयाँ पार्टीभित्रसमेत आन्तरिक द्वन्द्व चर्किँदै गएको छ ।

गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा पनि राष्ट्रिय स्तरका छापामाध्यम र अनलाइन पोर्टलभन्दा सामाजिक सञ्चालको प्रभावले पुराना पार्टीहरु विस्थापित हुन पुगेका हुन् । रास्वपाले सामाजिक सञ्जालमार्फत् भ्रमपूर्ण श्रव्य, दृश्य प्रकाशन, प्रसारण गरेर सर्वसाधारण मतदामाझ त्यो क्षेत्रको उम्मेदवारद्वार भन्दा चुनाव चिन्हलाई प्राथमिकता दिएर भ्रम छर्ने काम गरेको थियो । खासगरी ‘रुटिन अफ नेपाल’ नामक सामाजिक सञ्जालमार्फत् विदेशबाट सेकेन्ड–सेकेन्डमा पुराना दलहरुविरुद्ध सर्वसाधारणमा भ्रम फैलाउने काम गरिएको थियो ।

त्यसकै आडमा रास्वपाले दुई तिहाई हाराहारी बहुमत हात पार्न सफल भएको थियो । अहिले पनि १८ देखि ३० वर्षभित्रका युवायुवतीहरु सामाजिक सञ्जालमा प्रकाशित प्रशारित सामग्रीको आधारमा आफ्नो धारणा बनाउने गरेका छन् । त्यसले गर्दा समाजमा सत्य, तथ्य र निष्पक्ष सन्देशभन्दा नकारात्मक विषयले प्राथमिकता पाइरहेका छन् ।

तर, राज्यको सम्बन्धित निकायमा दर्ता गरेर संस्थागत रुपमा सञ्चालन गरिएका छापामाध्यम र अनलाइन पोर्टहरुमा प्रकाशित प्रसारित सामग्रीको युवा वर्गले विश्वास गर्न छाडेका छन् । वास्तविक पत्रकारिता पेशा ओझेलमा पर्दै गएको छ भने समाजमा सकारात्मक दृष्टिकोण पनि हराउँदै गएको छ । तत्कालीन समयमा राष्ट्रिय मिडियाले निकार्णयक भूमिका खेल्थे भने अहिले सामाजिक सञ्जालहरुले सरकार ढाल्ने र बनाउनेसम्मको काम गरिरहेको छ । सामाजिक सञ्जालको प्रभावका कारण नेपाली समाजले के ठिक, के बेठिक भन्ने छुट्याउन सकेको छैन ।

त्यसकारण राज्यले सामाजिक सञ्जाल र मेनस्ट्रिम पत्रकारितालाई अलग राख्नुपर्ने विज्ञहरुको धारणा छ । सामाजिक सञ्जाल एउटा भ्रम मात्रै हो यो धेरै दिन टिक्दैन भन्नेहरु पनि प्रसशस्तै छन् । त्यसकारण राज्यले सामाजिक सञ्जाल र मेनस्ट्रिम पत्रकारितालाई नछुट्ट्याएको खण्डमा विखण्डित नहोला भन्न सकिन्न ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *