काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाई हाराहारी बहुमतसहित सरकारको नेतृत्व गरेको हप्ता दिन नपुग्दै पहिला पत्रकारमाथि आक्रमण सुरु गरेको छ । पत्रकारहरुले पनि रास्वपा सभापति रवि लामिछानेका विकृति र बेथितिका बारेमा समाचार सम्प्रेषण गरेर हायलकायल बनाएका थिए । रविविरुद्ध सञ्चार जगत खनिन थालेपछि रविले पनि ठूला मिडिया सञ्चालकहरुलाई १२ भाइको संज्ञा दिएर मिडियाविरुद्ध आक्रोश पोख्दै आएका थिए । रविले ठूला मिडिया सञ्चालकहरुलाई १२ भाइको संज्ञा दिएर खनिन थालेपछि पत्रकारहरुले उनीविरुद्ध खोजी पत्रकारिता गर्न थालेका थिए । त्यसकै परिणाम स्वरुप रवि सहकारी ठगी काण्डमा जेलसमेत परेका थिए । सहकारी ठगी काण्डले तत्कालीन सरकार र रवि लामिछानेबीच टसल सुरु भएको थियो । सहकारी ठगी काण्डमा तत्कालीन सरकारले कांग्रेस र एमालेका नेताहरुलाई चोख्याउने तर रास्वपाका नेता÷कार्यकर्तालाई फसाउने खेल भएको रविको बुझाइ थियो । आमजनमानसमा पनि तत्कालीन सरकारले रविलाई अन्याय गरेको भान भइरहेको थियो ।
उता, रवि लामिछाने भने जेलमा बसेर सरकारविरुद्ध ठूलो आन्दोलन गर्ने तयारी गरिरहेका थिए । जेलमा बसेका रविको कनेक्सन काठमाडौं महानगरपालिका तत्कालीन मेयर बालेन शाह र सुदन गुरुङसँबीच सहकार्य रहेको आशंका रहेको थियो । त्यही आशंकाकै कारण रवि, बालेन र सुदनको योजनाअनुसार नै गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएपछि आन्दोलनकारीहरुले जेल तोडेर रविलाई बाहिर ल्याउने काम गरेका थिए । त्यस समयमा जेनजी आन्दोलनको भित्री योजनाकार डा. बाबुराम भट्टराई भएको अनुमान गरिएको थियो । किन कि २४ गतेको आन्दोलनले उग्र रुप लिएपछि त्यसलाई साम्य बनाउन रवि र बालेनलाई मिलाउने भूमिका डा. भट्टाराईले गरेका थिए । त्यसैको आधारमा रवि र वालेनबीच सहकार्य भएपछि प्रधानमन्त्री बनाउनको लागि तत्कालीन प्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्री बनाइएको थियो ।
सुशिला कार्कीलाई प्रधानमन्त्रीको शपथ खुवाउने बेलामा डा.बाबुराम भट्टराईको उपस्थिति रहेको थियो । सुशिला कार्की प्रधानमन्त्री बनेपछि गत फागुन २१ गते प्रनिनिधि सभाको निर्वाचन सम्पन्न गराउने म्याण्डेट सहित सुशिला कार्की प्रधानमन्त्री बनेकी थिइन् । सुशिला कार्कीले पनि प्रतिनिध सभाको निर्वाचनको जिम्मेवारी लिएकी थिइन् । कार्कीले प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराएपछि रास्वपाले झण्डै दुई तिहाई हाराहारीको सरकार बनेको छ । सो सरकार बनेको चार महिना पुरा हुदाँ पनि सर्वसाधारण जनताले सुशासनको अनुभूति गर्न पाएका छैनन् । उल्टै रास्वपाको सरकारले सरकारी विज्ञापन रोकेर सञ्चारकर्मीलाई रोजीरोटीबाट विमुख बनाउँदै लगेको छ । सञ्चार क्षेत्रमा काम गर्ने पत्रकारहरुले तलब नपाएकै कारण रोजीरोटीबाट विमुख हुन पुगेका छन् भने मिडिया सञ्चालकहरुले पनि पत्रकारहरुलाई सेवा सुविधा र पारिश्रमिक दिन नसकेकै कारण मिडिया हाउसबाट कर्मचारीले जागिर छोड्न बाध्य भएका छन् । हुदाँ हुदाँ सरकारले समाचार लेखेकै भरमा जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरी थुनामा राख्ने काम गरेको छ ।
श्रेष्ठलाई थुनामा राखेर कारबाही गरेको खण्डमा अन्य पत्रकारहरुलाई पनि पक्राउ गर्न सजिलो हुने र कारबाही हुने देखेर सञ्चारकर्मीहरुमाथि धरकपड सुरु हुने थालेको छ । त्यसले गर्दा आम सर्वसाधारण नेपालीहरु सूचनाबाट वञ्चित हुने देखिन्छ । पत्रकार श्रेष्ठलाई राज्यले पक्राउ गर्दा राजनीतिक दलका नेताहरुले पत्रकार पक्राउको विरोध गर्न सकेको छैन । नत विरोध गर्न सकेका छन् नत संसदमा आवाज नै उठाउन सकेका छन् । त्यसले गर्दा सञ्चारकर्मीहरुको कलम बन्द हुने अवस्था आउँदै छ । यस विषयमा नेपाल पत्रकार महासंघले आवाज उठाएता पनि संम्बन्धित निकायका संघसंस्था र दलहरुले पत्रकार पक्राउको बारेमा आवाज उठाउन सकेका छैनन् ।
त्यसले गर्दा पनि रास्वपाको सरकारले पत्रकारलाई पक्राउ गरेर डर देखाउन थालेको छ । रास्वपाका सभापति रवि लामिछानेको विकृति र विंसगतिको बारेमा जनआस्थाले विगत लामोसमयदेखि समाचार सम्प्रेषण गर्दै आएको थियो । त्यहि विषयलाई लिएर रवि सरकारमा गएपछि बारा भाईको संज्ञा दिएको रविले अन्तत किशोर श्रेष्ठलाई पक्राउ गरेको आशंका गरिएको छ । जनआस्था र रविबीचको टसल विगत लामोसमयदेखि हुदैँ आएको थियो । अहिले रवि नेतृत्वको रास्वपा सरकारमा वालेन शाह प्रधानमन्त्री छन् । गृहमन्त्री रहेका छन् सुदन गुरुङ । सुदन गुरुङ गृहमन्त्री भएपछि मन्त्री गुरुङको समाचार पनि जनआस्थाले सम्प्रेषण गर्दै आएको थियो । त्यहि विषयलाई लिएर रास्वपाको सरकारले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको हुन सक्ने आशंका बुद्धिजीवीहरुले गर्न थालेका छन् ।

