काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँ बढेको छ ।
बुधबार दुई हजार सात सय रुपैयाँले घटेको सुन बिहीबार दुई हजार तीन सय रुपैयाँले बढेको हो । आज सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदी तोलामा ३५ रुपैयाँ बढेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।