काठमाडौं । महाराजगञ्ज मेडिकल क्याम्पसमा नेपाली कांग्रेसनिटक नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बाजी मारेको छ ।
नेविसंघको किल्ला मानिने मेडिकल क्याम्पसमा पछिल्लो पटक ०७३ र ०७९ मा एमालेनिकट अखिलले जितेको थियो । यसपटक बदला लिंदै नेविसंघले आफ्नो भत्किएको बिरासत फर्काएको हो। सबै पदमा नेविसंघकै उम्मेदवार विजयी भएका छन् ।
सभापतिमा नेविसंघका विवेककुमार यादव आठ सय ४१ मत पाएर विजयीहुँदा अखिलका पंकज गुप्ताले सात सय चार मत मात्रै प्राप्त गरेका थिए। अखिल क्रान्तिकारीका अशोक घर्तीमगरले ३६ र नेपाल जनमत संघका राहुलकुमार यादवले ११ मत पाएका थिए । यस्तै, सचिवमा यासिका यादव र कोषाध्यक्षमा सागर चौलागाईं विजयी भएका छन् । उनीहरु पनि नेविसंघकै हुन् ।

