काठमाडौं । उद्दारको नाममा जम्मा भएको र केषमा दाखिला गराएको पैसा आफैले झ्याप पार्ने आफै मस्ती गर्ने भए अब सरकारले सार्वजनिक आवह्वान नगरे हुन्छ । नेकपा एमालेले रु १ करोड २० लाख उद्दार राहत कोषमा दिएन । किन कि अध्यक्ष ओलीलाई त्यो कोषको बारेमा थाहा थियो । त्यहीँ कारणले एमाले नेताहरु राहत सामाग्री चामल र तेल लिएर विदुर पुगेर आफ्नै नेता कार्यकर्ता परिचालन गरे । रातको खर्च त्यही कोषबाट कटाएको हल्ला छ । त्यो सत्य हुन सक्छ ।
सरकारले पनि दैनिक एक घण्टाको हेलिकप्टर खर्च रु १ लाख ८५ हजार गरेकै हो । नेपालका २१ वटा हेलिकप्टर कम्पनीमध्ये १७ वटा हेलिकप्टर गृहमन्त्रालयको सम्बन्धका आधारमा सरकारले भाडा लियो । तर त्यो बेला अरुलाई पनि उडान गर्न दिएन । गृहसचिवले संसद्को सार्वजनिक लेखासमितिमा दिएको जानकारी अनुसार त्यो बेला झण्डै ११ अर्ब जस्तो खर्च हेलिकप्टर चार्टरमा भएको छ ।
त्यो खर्च चन्दा नै हो त्यसको रमाइलो रास्वपाका मन्त्री र सांसदले लिएका हुन् । यो सत्य खराने समूहले कति बुझ्यो ? प्रधानमन्त्री बालेन्द्र खल्तीमा हत राखेर बेत्रावति पुगे । तर त्यो बेला छिर्ने पुल थिएन । त्यही मांैकामा गोसाईँ कुण्ड तीर्थ यात्रा गरे । खर्च सरकारकै थियो ।

