काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बल्ल नेपालमा कम्युनिस्ट जनमत खस्किनुको कारण बुझ्दै छन् । अमेरिकी लगानीका (आईएनजीओ बारबरा फाउन्डेसन, युथ काउन्सिल तिब्बतीयन ओरिजिन ब्लड) समूहका नाममा २०७९ को स्थानीय निर्वाचनदेखि भएको लगानीको परिणामले यो स्थिति आएको हो ।
‘स्वर्ग–नर्कसँगै जाने’ एमाले अध्यक्ष केपी शर्मा ओली र त्यो गिरोहले काग्रेस नेतृ डा. आरजुमार्फत् चालेको कदमबाट प्रचण्ड सत्ताच्यूत भएका हुन् । उनलाई यो सत्य त्यही बेला कसैले बताएका थिए । जुनबेला गृहमा नारायणकाजी श्रेष्ठ थिए । कांग्रेस सत्तामा हुँदाहुँदै देउवाका विश्वास पात्र बालकृष्ण खाँण पक्राउ परेका हुन् । खाँणका दोस्ती डा. प्रकाश शरण महत सहयोगी थिए । तर, उनले खाँड र डा आरजुको क्षमतालाई चासो दिएनन् । यहाँ उनीहरुबीचमा द्वन्द्व थियो । सत्तामा रहँदा आफ्नो कमजोरीको ख्याल नगर्ने केपी शर्मा ओलीलाई उक्साएर भाद्र २३ निम्त्याउने पृथ्वी सुब्बा, योगेश भट्टराई जस्ता विद्वानहरुले २४ को उग्रताको ख्याल गरेनन् । उनीहरु खरानी भए ।
प्रचण्डलाई जनार्दन र्शाहरुको योजना विस्वास लागेन । किन कि तिनी विस्वासी थिएनन् । पार्टीमा आफैले विश्सास गरेकाहरुले कसरी फसाउँछन् भन्ने कुरा नबुझ्ने प्रचण्ड र केपी ओली कम्युनिस्ट आन्दोलन र जनताका आकांक्षाका विरोधी हुन् । संकट परेपछि मात्र आज यीनले राष्ट्र, राष्ट्रियस्वाधिनता र वर्गीय हितका कुरा गर्दैछन् । जवकी पार्टीभित्रै यी अनुहारहरु स्वीकार्य लाग्न छाडिसकेका छन् । अब वामपन्थी एकता जरुरी छ । तर, माओवादी र एमालेको पहिल्लो पुस्ता वाधक देखिएको छ ।


