नेकपा विद्यार्थी संगठनले आज एक दिने आम शैक्षिक हडतालको घोषणा, पढ्न पाउने हकबाट बञ्चित गराइएको भन्दै विरोध

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । नेकपा बहुमत निकट विद्यार्थी संगठनले आह्वान गरेको आम शैक्षिक हडताल कारण आज केही विद्यालय र कलेज बन्द भएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्क्र विद्यार्थी युनियन (त्रान्तिकारी) ले निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्ने र शिक्षा ऐन छिटो जारी गर्नुपर्ने लगायतका मागसहित आज एक दिन आम शैक्षिक हडताल घोषणा गरेको हो । हडताल घोषणा गरेका कारण काठमाडौं उपत्यकाभित्र र बाहिरका जिल्लामा विद्यालय बन्द छन् । कतिपयले विद्यालय तथा कलेज बन्द गरेर पढ्न पाउने हकबाट बञ्चित गराइएको भन्दै विरोध समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *