कहाँबाट सञ्चालित छन्

राजनीति समाचार

काठमाडौं । शुरुमै अमेरिकी युथ काउन्सिलको सदस्य हुँदै बारबरा फाउण्डेसनको सहारामा झुल्केको पात्र कस्ले साथ दिएर मेयर भयो । त्यो पद पाउनासाथ उनी सहिदप्रति नतमस्तक भएन, उसको कोही नेता पनि थिएन । ¥याप गाउने, गाँजाको अम्मल गर्ने उसले मेयर भएर सेनापति प्रभुराम शर्मालाई भेट्यो । कुनै वाद सिद्धान्त, दर्शन ऊसँग छैन । सिद्धान्त र दर्शन नभएका कम्युनिस्टहरु त मुलुक लुटेर नपुगी रक्तचन्दन र सुनतस्करी गरेृर धन जम्मा गर्ने भए भने अमेरिकी युथ काउन्सिलको त्यो सदस्यले भ्रष्टाचारले थला परेको सेना प्रमुख भेट्नु नौलो कुरा भएन ।
बालेनको प्रचारमा अमेरिकी कम्पनी मेटा सक्रिय भएको थियो ।

उसलाई मेयरमा जिताउन शुरुवाती प्रचार व्यापक भयो । चुनाव लगत्तै सबै हटाइयो । सेना र महानगरको कतै कुनै संलग्नता थिएन । सेनाकै ासथ लिएर यीनले त्यही बेला खोलाकिनार खाली गर्न खोज्दा केपी ओलीबाट साथ पाएनन् । आफै रक्षामन्त्री भएका बेला बालेनले सुकुम्वासी वस्तीमा डोजर चलाए । १ लाख ५० हजार पुटपाथेलाई खेदाए । तिनैले जीवका धानेर सहकारीमा जम्मा गरेको पैसा हजाम गर्नेमाथि बालेन्द्र सरकारले कारबाही गरेन ।

बालेन समूहमा फिरी तिब्बतधारी मन्त्री आफै पनि अवैधानिक सम्पत्तिका मालिक छन् । भौतिक पूर्वाधार, पर्यटन संस्कृतिमन्त्री पनि त्यहीँ समूहमा पर्छन् । रास्वपामा जोडिँदा ४० प्रतिशत सिट पाएको त्यो समूहबाट सांसद भएका रौटहटका गणेश पौडेललाई कालो मोसो दलियो । उदयपुरका पारसमणि गेलाललाई चिठ्ठे माननीय भनियो । बब्लु गुप्ता सिराह १ मै बदनाम भएका छन् । रवि लामिछानेसँगको सम्बन्धले स्याङजा २ मा चुनाव लडेर जितेका सुनिल लम्साललाई गाउँ प्रवेशमा रोक लागेको छ । यस्तै अराजकतामा फसेको रास्वपा अब सग्लो रहने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *