बालेन्द्र शाह नेतृत्वको सरकारले नयाँ काम गर्ने नाममा हप्तामा दुई दिन सार्वजनिक विदा दिएर जात्रा देखाएको ४ महिना पुगिसकेको छ । हप्तामा दुई दिन विदा दिने सरकारको अव्यवहारिक निर्णयले खासगरी स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापक असर परेको छ । अस्पतालको ओपीडी सेवा दुई दिन बन्द रहँदा बिरामीको चाप बढेको छ । लगातार दुई दिन बिदा हुने कारण दूरदराजबाट उपचारको लागि काठमाडौं आएका विरामीहरु मारमा परिरहेका छन् । शुक्रवार बेलुका अस्पताल आएको बिरामीले भर्ना हुनको लागि सोमवारसम्म पर्खिनुपर्ने अवस्थाले गर्दा सर्वसाधारण विरामीहरु मारमा परिरहेका छन् । डाक्टरहरुले पनि बिरामीको भीड थेग्न नसकेर राम्रो उपचार गर्न सकेका छैनन् । सरकारी अस्पताल लगातार दुई दिन बिदा हुँदा अधिकांश विरामीहरु निजी अस्पतालमा उपचार गराउन वाध्य भएका छन् । निजी अस्पतालमा उपचार गराउँदा सर्वसाधारण विरामीले बढी खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ । सरकारी अस्पतालमा समयमा उपचार र औषधि नपाउँदा कतिपय विरामीहरुले अकालमा ज्यागन गुमाउनुपरेको छ ।
सरकारी खर्चमा मितव्ययिता अपनाउने नाममा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिँदा विद्यार्थी र अभिभावकहरुलाई पनि मार परिरहेको छ । किन कि शुल्क भने त्यति नै तिर्नुपर्ने तर, हप्तामा दुई दिन बिदा हुँदा समयमा कोर्स नसकिँदा विद्यार्थी ट्युसन पढ्न वाध्य भएका छन् । उता, दुई दिनसम्म लगातार बिदा हुँदा स्कुलका विद्यार्थीहरु अनावश्यक समय बिताइरहेका छन् भने कलेजका विद्यार्थीहरु घुमेर समय बिताइरहेका छन् । त्योसँगै विद्यार्थीहरुमा खुल्ने र घुम्ने बानी बसेपछि अभिभावकहरुलाई खर्चको भार बढिरहेको छ । सर्वाजनिक विदाकै कारण सर्वसाधारणलाई शिक्षा र स्वास्थ्य एकदमै महंगो पर्न थालेको छ ।
हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयको चारैतिरबाट विरोध हुँदा पनि सरकार बेखबर बनेको छ । वर्षयाम लागेसँगै अस्पतालमा विभिन्न रोगका विरामीहरुको घुइँचो लाग्ने गरेको छ । विरामीको घुइचोले अस्पतालहरु भरिभराउ हुँदा चिकित्सकहरुलाई चेकजाँच गर्न भ्याइनभ्याई भएको छ । उता, नर्सहरुको आन्दोलनले गर्दा पनि उपचारमा वाधा परिरहेको छ । एकातिर हप्तामा हुने दुई दिन बिदा दिँदा विरामीहरुलाई समस्या परिरहेको छ भने अर्कोतिर नर्सहरुको आन्दोलनले गर्दा उपचारमा अवरोध भइरहेको छ । यी र यस्तै कारणले गर्दा सर्वसाधारणलाई स्वास्थ्य उपचारमा ठूलो असर परिरहेको छ । उता, दुई दिन बिनाले गर्दा विद्यालयमा विद्यार्थीहरुको घुमघाममा दिनचर्या बित्ने गरेको छ ।
त्योसँगै फजुल खर्च पनि बढेर गएको छ । कर्मचारीहरु पनि अनावश्यक घुमघाममा व्यस्त हुँदा खर्चको चाप बढेको छ । कर्मचारीहरुमा पनि एकातिर बाबु–आमा र छोराछोरी छुट्टाछुट्टै घुमघाममा निस्किने बानी बसिसकेको छ । त्योसँगै फजुल खर्च पनि बढेर गएको छ । तर, घरपायकमा काम गर्ने शिक्षक र स्थानीय कर्मचारीहरुलाई भने घरको काम गर्न केही राहत पुगेको छ । तर, अन्य कर्मचारी, चिकित्सक, बैंकर, उद्योगी, व्यापारीहरुलाई भने दुई दिन बिदा दिन चलनले ठूलो घाटा भइरहेको छ । बैंक÷वित्तीय संस्थाहरु पनि दुई दिन बिदाको असरमा परेका छन् । अन्य उद्योग, धन्दा र निर्माण व्यवसायीलाई पनि दुई दिने सार्वजनिक विदाले ठूलो मार परिरहेको छ । सरकारी कार्यालय बिदा हुने भएपछि बैंक वित्तीय संस्थाहरु पनि बन्द हुने गरेका छन् ।

