काठमाण्डौ । पुराना दलहरू केन्द्रमा अस्तित्व रक्षा गर्नमा जुटिरहेका छन् भने मधेस प्रदेशमा शासन गर्ने तहमा रहेका छन् ।
मधेसवादी दलहरु मा चेतना आएन । मधेसमा जनमत, जसपा र लोसपा प्रदेश सरकारमा उपस्थित छन् । केन्द्रीय संसद्मा कुनै पनि दलको उपस्थिती छैन । ३२ सिट रहेको त्यो प्रदेशमा माओवादी ९ काग्रेसले १ सीट हात पार्दा रास्वपाले ३० सीट पाएको हो । तर मधेसलाई नै आधार बनाएर स्थापित भएको जसपा र लोसपा लाई २०७९ को निर्वाचनमा सिके राउतले घाइते बनाएका थिए । स्वास्थ्यका दृष्टिले कमजोर भएतापनि संसद्मा उपस्थिती जनाउन चाहेका महन्त ठाकुर अहिले पनि लोसपाको अध्यक्ष रहेका छन् । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा जसपासँग तालमेल गरेको लोसपाले नै मधेशको समस्या समाधान गर्नेगरी प्रदेश सरका निमार्ण गर्न जनमत र जसपालाई एउटै मोर्चामा ल्याउन सक्ुपथ्र्यो । मोर्चा बनाएर चुनाव लडाउने पराजीत भएपछि वेपत्ता हृष्देय त्रिपाठीको जनप्रगतिशील पार्टी कोमामा छ ।
राजेन्द्र महतो र राष्ट्रिय मुक्ति पार्टी त्यहि हालतमा छ । त्यो सत्यता मधेशी नेताहरुले बुझेका छैनन् । संघिय संसद्मा उपस्थित नभएपनि मधेस प्रदेश को संसद्मा पुगेका शक्तिले एजेण्डा र मुद्दा मिल्ने मधेसी दलहरू मिलाउनु पर्ने दायित्व थियो । आजको रास्वपा सधैको ठूलो दल हुन्छ भन्ने छैन किनकी रास्वपा पार्टीको संगठन, वलियो भएर चुनावमा ८२ सीट ल्याएको होइन कांग्रेस कम्युनिष्ट र मधेसवादीका नेताको असक्षमताको कारण जनताले रिश फेरेका हुन् । समय आउँछ कुर्नु पर्छ तर पार्टी संरचना वलियो तीनले बनाउनु पर्छ ।
जो संघियता लोकतन्त्र र गणतन्त्रवादी हुन् । वर्तमान सरकार पक्ष दलहरुले प्रदेश हटाउने स्थानीय तहलाई मर्ज गर्ने कानूनी रूपमा बलियो बनाउने घोषणा गरेको छ । प्रतिनिधि सभावाट विधेयक बहुमतको आडमा गएपनि राष्ट्रिय सभाले छेक्न सक्छ ? राष्ट्रपतिलाई धम्काउने सर्वोच्चका न्यायधिशहरुलाई महाअभियोग लगाउने सम्मको तयारी सरकारको तर्फबाट गरिएको छ। त्यो शैलीका विरुद्ध पनि मधेसवादीहरु को मद्दामा सहकार्य हुन आवश्यक छ । तर महन्त ठाकुर उपेन्द्र यादव र सिके राउत लाई एकले अर्काको अस्तित्व स्वीकार्ने सक्ने अवस्था छैन् ।

