ananta gurung

नेपालको विकास किन भएन ?

समाचार

पाँचौ पटक प्रधानमंत्री भएका शीर्ष नेता शेरबहादुर देउवा ज्यूले निजामति दिवसका दिन निजामतिका हाकिमहरुलाई नेपालको विकासआज सम्म किन भएन भनी सोधेका छन । विदेशी ऋण काढी काढी नेपालको विकासमा अहिले सम्म गरेको लगानी बालुवामा पानी खन्याएको बराबर नै भएका छन । राष्ट्रको ऋणको भारी बढेको बढेकै छ तर ऋण काढी काढी बनाएका परियोजनाबाट राष्ट्रले फुटेको कौडी लाभ पाउन सकेको छैन । यस्तो हालतमा पुगेको देश नेपालको लागि राष्ट्रिय ऋणको साँवा व्याज भुक्तानी गर्नकै लागि पनि थप विदेशी ऋण लिनु पर्ने बाध्यता बढेको छ । अहिले सम्म राष्ट्रिय ऋणको भारी २० खरब २५ अरब पुगेको छ । निवर्तमान ओली सरकारको पालामा मात्रै ९ खरबले राष्ट्रिय ऋण बढाएका थिए । हालको देउवा सरकारले पनि एक बर्ष पुरा नहुँदै ३ खरब २५ अरब राष्ट्रिय ऋण थपेका छन । राजतन्त्र र पञ्चायती व्यवस्थालाई फाली हामी चमत्कारी विकास गरी नयाँ नेपाल बनाउँछौ भन्ने नारा लगाउँदै नेपालको राजकिय सत्ता सम्हालेका दलहरुले राष्ट्रिय ऋण बढाउने काम मात्रै गरेका छन । नेपालको विकासगर्नु त कता हो कता पञ्चायत कालमा खुलेका उद्योगधन्दाहरुलाई नै एकपछि अर्को गरी मास्ने काम मात्रै गरेका छन् ।

नेपालको युवा जनशक्तिलाई वैदेशिक रोजगारीको नाममा विदेशीलाई बेच्दै मानव तस्कारीलाई बढवा दिएका छन । भ्रष्टाचार र आर्थिक अपराधको त कुरै नगरौ किनकि दलका नेताहरुले त्यस बिषयमा महारथ नै हाँसिल गरीसकेका छन । नेपालको विकासर राजनीतिमा विदेशीले गर्दै आएको हस्तक्षेपको कारणले पनि नेपाल विकासको मामलामा समकालिन मुलुकहरुको तुलनामा धेरै धेरै पछाडि परेको छ । विदेशीले नेपालको विकासर राजनीतिमा हस्तक्षेप विदेशी गैरसरकारी संस्थाहरु र विदेशी बैंकहरु मार्फत गर्दै आएका छन । ऋण स्वीकृत गर्दा स्वीकार गरिएका विदेशी बैंकहरुको सर्तहरुले नेपालको विकासर राजनीति लामो काल देखि प्राभावित हुँदै आएको छ ।

विदेशी गैरसरकारी संस्थाहरुले विकासको नाममा धार्मिक हस्तक्षेप बढाएका छन भने सामाजिक द्वान्द्व बढाएर स्थानिय राजनीतिलाई बेलाबेलामा प्रभावित बनाउने गरेका छन । तिनै हस्तक्षेपकारी विदेशीहरुको भतुवा र भरिया बनेर दलका नेताहरुले राष्ट्रघात गर्दा नेपाल राष्ट्रले विकासमा लगानी गरे अनुसारको प्रतिफल पाउन सकीरेहको छैन । दलका नेताहरुले पञ्चायत कालमा खडा गरिएको विकासको जगमा टेकेर विकासलाई अगाडि नबढाएको हुँदा आज आएर नेपाल उद्योग विकासको नयाँ जग बसाल्न असफल भएको छ । नेपालका दलहरुले सत्ता परिवर्तन पछाडि पुरानो विकासको जगलाई भत्काएर नयाँ विकासको जग राख्न खोज्दा सात दशक पछाडि पनि नेपालको हालत उस्तै रहेको छ । विकासभनेको पुरानो जगमा थप्दै लानु पर्छ । सरकार बदलिन बित्तिकै पुरान विकासको जगलाई भत्कएर नयाँ विकासको जग राख्ने अभ्यासले नेपालको विकास नभएको हो । नेपालको विकासमा साईनर्जीलाई जोड दिएको छैन ।

संघिय सरकारका बिभिन्न विकासे मन्त्रालयहरु र उसका मातहतमा रहेका बिभागहरु र कार्यालयहरु नेपालको विकासगर्ने नीति नियम बनाउने देखि लिएर परियोजनाहरुको कार्यन्वयन पनि गर्दै आएका छन । त्यस्तै गरी सात प्रदेशमा पनि विकासे मंत्रालयहरु र उसका मातहतमा बिभिन्न बिभागहरु र कार्यालयहरु छन जस मार्फत विकासको खाका बनाउने देखि लिएर परियोजनागरुको निर्माण हुँदै आएका छन । त्यो भन्दा तल स्थानिय तहहरुले पनि विकासको खाका बनाएर बिभिन्न विकासपरियोजनाहरु सञ्चालन गर्दै आएका छन् । सो भन्दा बाहेक पनि बिभिन्न विदेशी गैरसरकारी संस्थाहरु र तिनका साथमा आवद्ध स्थानिय गैरसरकारी संस्थाहरुले पूर्वाधार विकासका परियोजनाहरु बनाउने देखि लिएर सामाजिक विकासगर्ने काममा केन्द्र देखि लिएर स्थानिय तहसम्म नै सक्रिय रहेका छन् । नेपालमा ऋण लगानी गर्ने विदेशी बैंकहरुले नेपालको विकासपरियोजनाहरु छनौट गर्ने देखि लिएर त्यसको कार्यन्वयन गर्दा पनि ऋण सम्झौतामा अनेका सर्तहरु राखि नेपालको विकासमा हस्तक्षेप सहयोग गर्दै आएका छन् ।

यसरी नेपालको विकासमा देशी विदेशी सरकारी गैरसरकारी अनेक एजेन्सीहरु सक्रिय छन् । त्यो सबै विकासे एजेन्सीहरुको नेपालको विकासगर्ने छुट्टाछुट्टै प्रयासहरुलाई समन्वय गरी संयुक्त प्रयासमा रुपान्तरण गर्न नेपाल सरकारले सकेको छैन । फलस्वरुप नेपालको विकासमा साईनर्जीको अवस्था आउन नसकेको हुँदा सबै विकासे एजेन्सीहरुको छुट्टाछुट्टै नेपालको विकासगर्ने प्रयासहरु कम प्रभावकारी भएका छन । उक्त सबै नेपालको विकासगर्ने छुट्टाछुट्टै प्रयासहरुलाई समन्वय गरी जोडन सकेको भए संयुक्त विकासको परिणाम बढी नै हुने थियो । नेपाल सरकारले विकासको यिनै चाँजोपाँजोहरु मिलाउन नसक्दा नेपालको विकासमा धेरै लगानी र मेहनत गर्दा पनि चाहेको जस्तो विकासको परिणाम पाउन सकीरहेको छैन ।

विकासमा मौलिकता हुन जरुरी छ किनकि बिदेशबाट नक्कल गरिएको विकासले राष्ट्रको खर्च मात्रै बढाउने र त्यसबाट फुटेको कौडी आम्दानी राष्ट्रलाई हुँदैन । त्यहि भएको हुँदा विकासमा स्थानिय ज्ञान र शिपको उपयोग गर्नको लगि हमेसा जोड दिनु पर्छ । बिदेशबाट आयात गरिएको ज्ञान र शिपले नेपालको टिकाउ विकासहुन सक्दैन । त्यसकारण नेपाल सरकारले नेपालको स्थानिय ज्ञान र शिपलाई उपयोग गरी नेपालको मौलिक विकासगर्नमा नै ध्यान दिनु पर्छ । नेपालको विकासमा विदेशीको सिको गर्ने वा उनीहरुको सर्त वा उपदेश अनुसारका परियोजनाहरु बनाउने अभ्यासको क्रमभंग गर्नैपर्छ ।
नेपालको लागि त्यस्तो क्रमभंग गर्न सक्ने नेतृत्वको जरुरी भएको छ ।

विदेशीले राखेको जस्तो सुकै सर्तहरु पनि मान्ने लुरे नेतृत्वको अब नेपालमा काम छैन । विदेशीले नमुनाको रुपमा बनाएका वा बनाउने परियोजनाहरुबाटै नेपालको विकासको अवस्थामा कायपलट हुन्छ भनी बिश्वास गर्ने विदेशी भतुवा र भरिय नेताहरुको अब नेपालमा काम छैन । राष्ट्रको आवश्यकता र प्राथमिकता अनुसार विकासपरियोजनाहरु बनाएर सोही अनुसार राष्ट्रको नीति नियमहरु बनाउदै नेपालको विकासलाई हाँक्न नसक्ने नेतृत्वको आवश्यकता नेपाली जनतालाई छैन । बाह्र बर्ष रामायन पढ्यो सीता कसको जोई भनेको जस्तो अनेक पटक नेपालको प्रधानमंत्री भईसकेकाहरुले नै नेपालको विकासकिन भएन भनी प्रश्न गर्नु पर्ने अवस्था अहिले नेपालमा बिद्यमान छ । यस्तो कमजोर नेतृत्वबाट अब हामी नेपाली जनताले धेरै ठुलो विकासे उपलव्धिको आशा नगर्दा हुन्छ ।

हामी नेपाली जनता दलहरुको नेतृत्व स्वीकार गरी तिनीहरुको पछाडि लाम लागेका छौ भने दलका नेताहरु विदेशीले नेपालको विकासगरी दिन्छन कि भनी तिनीहरुको जस्तो सुकै सर्तहरु पनि मान्दै सबैले कुनै न कुनै विदेशीको पछाडि लाग्ने गरेका छन । नेपालका राजनीतिक अवस्था अहिले यति धेरै बिग्री सक्यो कि अहिले जानकारहरु नेपालको अस्तित्व दलहरुले समाप्त पार्ने भयो भन्न थालेका छन । नेपालको अस्तित्व नै समाप्त पार्ने गरी नेपाली जनतालाई विकासवाहिएको छैन । नेपालको विकासमा अहिले बढेको अराजकता नेपालका नेताहरु र विदेशीको मिलोमतोमा नै भएका हुन । नेपालको विकासे आवश्यकता एकातिर छ भने नेपालको विकासअर्कै दिशातिर निरन्तर गईरहेको छ । नेपाललाई अहिले नै आवश्कता नभएको पुर्वाधार विकासको संरचना बनाउनमा ऋण गरी गरी लगानी गर्दै छन भने नेपालको विकासबाट पहिले उपेक्षित रहेका क्षेत्रहरु अहिले पनि उपेक्षित अवस्थामा नै छन । उपेक्षित र पिछडिएका वर्गहरुले बसोबास गर्न क्षेत्रहरु पहिलेको जस्तै अबिकसित अवस्था अहिले पनि कायम नै छन् ।

उनीहरुको जीवनमा पनि विकासको उज्यालो दिने काम दलहरुले कहिले प्रयास गरेको देखिएन । जनआन्दोलन चलेको बेलामा माओवादीहरुले तिनै पिछडिएको क्षेत्रलाई आफ्नो आश्रयस्थल बनाउँदै त्यहाँका बासिन्दालाई आफ्नो सुरक्षा कवचको रुपमा प्रयोग गरेका थिए । आज आएर मओवादी कै सरकार केन्द्रमा हुँदा पनि उक्त क्षेत्रहरु उस्ताको उस्तै छन र त्यहँका निवासीहरुको जीवन सुलभ भएको छैन । दलहरुको विकाससहर केन्द्रित छन र ग्रामिण भेगहरु पहिले कै जस्तो विकासबाट उपेक्षित अवस्थामा नै छन् ।

लोकतन्त्र, संघियता, गणतन्त्र आदि ईत्यादि नेपालमा आयो भन्छन तर व्यवस्था बदलिए पनि राष्ट्रको अवस्था पहिलेको जस्तै कायम रहेको हुँदा नेपाली जनताले परिवर्तनको मगशुस गर्न सकीरहेको छैन । विकासत्यस्तो होस जसलाई नेपाली जनताले मन भित्रैबाट महशुस गर्न सकोस । अहिलेको जस्तो सिला खोज्नु पर्ने विकासको के काम ? शन्तुलित आहार बिहार भएन भने मानिसको शरीरमा रोग लाग्ने संभावना हुन्छ । त्यस्तै राष्ट्रको सन्तुलिन विकासभएन भने त्यसबाट बिद्रोहको स्थिति जन्म हुन्छ । नेपालमा हिमाल, पहाड र तराईका बिच सन्तुलित विकासगर्न जरुरी छ । साथै उपेक्षित क्षेत्रहरु र जातजातीहरुले बसोबास गरीरहेका ईलाकामा परियोजनाहरु लगेर उक्त क्षेत्रहरु र जातजातीहरुको जीवनस्तरलाई उकासेर राष्ट्रको मुलधार विकासको प्रवाहमा समाहित गर्न हदै सम्मको जोड लगाउनु पर्छ । विकासलाई यसरी नै सर्बाङ्गिण राष्ट्रको समृद्धि र नेपाली जनताको सुख सित जोड्न सकिएमा मात्रै नेपालको व्यवस्था संगै अवस्था पनि बदलिएको हेर्न पाईनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *