काठमाडौं । राजसंस्था पक्षधरहरुले आज नक्सालस्थित नारायणचौरमा प्रदर्शन गर्ने भएका छन् ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले आन्दोलनको चौथो दिन नारायण चौरमा अपराहन्न २ बजेदेखि प्रदर्शन शुरु हुने जानकारी दिएका छन् ।
राजसंस्था पक्षधरहरुले विहिबारदेखि शुरु गरेको प्रदर्शन काठमाडौँमा विभिन्न स्थानमा गर्दै आएका छन् । विहिबार रत्नपार्कमा प्रदर्शन गरेका उनीहरुले शुक्रबार माइतीघर बबरमहल क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यस्तै शनिबार दरबारमार्गस्थित महेन्द्र शालिक अगाडी प्रदर्शन गर्ने तयारी गरेपनि प्रशासनले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि रत्नपार्कहुदै बालुवाटारसम्म प्रदर्शन गरेका थिए ।
राजसंस्था पक्षधर दलहरु र अभियानले एक साथ विहिबारदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेका छन् ।