राजस्व छल्नेलाई कसले गर्ने कारबाही

राजनीति समाचार

काठमाडौं । गुन्डाका नाइके दिनेश अधिकारी ‘चरी’की श्रीमती खुशबु ओलीलाई कुनै दिन व्यवसायी पवन गोल्यानसँग राम्रो सम्बन्ध भएकै कारण प्रधानमन्त्री केपी ओलीलाई पछुतो भएन । किनकि तिनै खुशबु ओली अहिले झापातिर कमाई गर्दै राप्रपातिर सरुवा भएकी छिन् । एमालेले सदस्य बनाएका धेरैजसो भाडिएका छन् । दाङकी शान्ता चौधरी एमाले छाड्दा जीवनभर राजावादी भएकी छिन् । कोमल ओली चाहि एमाले मै छिन् ।

हिल्टन होटल र रिलायन्स कम्पनीका मालिक पवन गोल्यानले ७० करोड बिल तिरेका छैनन् । कालीमाटीको हायत प्यालेस होटल मात्र होइन, मेरियट र हिल्टन होटलले छल्ने राजस्व सामान्य हो । पवन गोल्यान, शशीकान्त अग्रवाल र शंकर ग्रुपले छल्ने राजस्वका बारेमा प्रधानमन्त्रीलाई वास्ता छैन । किनकि कोरोना कालमा थर्मल गन काण्डका साहिल अग्रवालका पिताले राष्ट्रपति पदक पाउने बाटो एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले खोलि दिएका हुन् । उद्योग र व्यापारीहरुले राजस्व मार्दा राजस्व अनुसन्धान विभाग पङ्गु बन्न पुगेको छ । उदोगी र तस्करीहरुले राजस्व छली रहदा राजस्व र भन्सारका कर्मचारीहरु गुमनाम भएका छन् । त्यस्ता व्यापारीलाई सम्बन्धित निकायले कर्बाही गर्न सकेको छैन ।

राजस्व छल्ने व्यापारी र तस्करीहरुलाई प्रहरीले समेत पक्राउ गर्न सकेको छैन । उल्टै राजस्व, भन्सार र प्रहरीहरु मिलेर राजस्व छल्ने व्यापारीहरुसँग मिलेमतो गरी आर्थिक लाभ लिइरहेका छन् । तर, प्रधानमन्त्री कार्यालय मातहतमा रहेको राजस्व अनुसन्धान ले राजस्व उठाउन समेत सकेको छैन । राजस्व अनुसन्धान विभागको समाचार तामाकोशी सन्देश लगायत विभिन्न संचार माध्यमले समाचार सम्ष्प्रेषण गरेतापनि राजस्व छल्ने व्यापारी र कर्मचारीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्ता व्यक्तिहरुलाई मुद्दा समेत दायर गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *