भीषण आगलागीका कारण २४ घण्टाका लागि बन्द भयो हिथ्रो विमानस्थल

विविध समाचार

काठमाडौं । हिथ्रो विमानस्थलमा नजिकै रहेको विद्युतीय सबस्टेशनमा भीषण आगलागी भएपछि विमानस्थल २४ घण्टाका लागि बन्द गरिएको छ ।

शुक्रबार आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थलमा ठुलो मात्रामा विद्युत् आपूर्ति अवरुद्ध भएको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको हो । यात्रुहरूलाई विमानस्थलमा नजान र थप जानकारीको लागि आफ्नो एयरलाइन्सलाई सम्पर्क गर्न सल्लाह दिएको छ ।
हिथ्रो बेलायतको सबैभन्दा ठुलो विमानस्थल हो । यहाँ हरेक दिन लगभग एक हजार तीन सयले अवतरण गर्छन् र उडान भर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *