सम्झौता भएको दश महिनापछि पुल निर्माणको काम सुरु

अर्थ/वाणिज्य विविध समाचार

काठमाडौं । सम्झौता भएको दश महिनापछि भिमाद नगरपालिका जोड्ने बुढुवाखोलामा पक्की पुल निर्माण कार्य सुरु भएको छ ।

२०८१ जेठ २० गते १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी दुई करोड ५९ लाख ५७ हजार रुपैयाँमा सम्झौता भएको दश महिनापछि पक्की निर्माण सुरु भएको हो । २०८२ मङ्सिर २० गते निर्माण सम्पन्न गर्नेगरी जिल्ला पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनी दीपज्योति शर्मा जेभीबीच पुनः सम्झौता भएको छ । पुल निर्माणको शिलान्यास बिहीबार गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *