भारत र पाकिस्तानलाई युद्व रोक्न अमेरिकाको आग्रह, युद्वलाई रोक्न नयाँ विचार र कूटनीति नै समाधान

विविध समाचार

काठमाडौं । अमेरिकाले भारत र पाकिस्तान दुबैलाई युद्ध रोक्न आग्रह गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनको क्रममा युद्धले समस्याको समाधान नगर्ने भन्दै एकअर्कामाथि आक्रमण बन्द गर्न आग्रह गरेकी हुन् ।

उनले भनिन्, ‘हिंसा, सैन्य कारबाही र युद्ध रोकिनुपर्छ, अमेरिकाको सन्देश यही हो । मध्यपूर्वमा यो प्रमाणित भइसकेको छ कि युद्धबाट कुनै समाधान निस्कँदैन ।’ भारत–पाकिस्तान तनावबारे सोधिएको प्रश्नमा उनले सो कुरा बताएकी हुन् ।

उनले थपिन्, ‘युद्ध, सेना र हिंसा कुनै समाधान होइन । पुस्तौंदेखिका हिंसा र समस्यालाई रोक्न नयाँ विचार र कूटनीति नै समाधान हुन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *