भारत सरकारको आदेशमा एक्सले आठ हजारभन्दा बढी खाताहरू ब्लक गर्ने

विविध समाचार

काठमाडौं । भारत सरकारको निर्देशनअनुसार सोसल मिडिया प्लेटफर्म एक्सले भारतमा सञ्चालित आठ हजारभन्दा बढी खाताहरू ब्लक गर्ने भएको छ ।

सरकारले पाकिस्तानसम्बन्धी सामग्रीहरूमाथि निगरानी कडा पार्दै यो नयाँ कदम उठाइएको हो। यद्यपी एक्सले यो कदमलाई सम्पूर्ण खाताहरू ब्लक गर्नु अनावश्यक मात्र होइन, यो अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन रहेको जनाउँदै निर्णय सहज नभए पनि भारतमा एक्स सञ्चालन गरिराख्नका लागि एक्स बाध्य भएको स्पष्ट पारेको छ ।

एक्सको ग्लोबल गभर्नमेन्ट अफेयर्स टिमले जारी गरेको विज्ञप्तिमा यसबारे जानकारी दिइएको छ । यो आदेश पालना नगरेमा प्लेटफर्मका स्थानीय कर्मचारीलाई गम्भीर जरिवाना वा जेल सजायको जोखिम रहेको छ।

भारत सरकारबाट कार्यकारी आदेश प्राप्त भएको छ जसअनुसार भारतमा आठ हजारभन्दा बढी खाताहरू ब्लक गर्न भनिएको छ । एक्सका अनुसार भारत सरकारको आदेशमा केही अन्तर्राष्ट्रिय समाचार संस्था र समाजका प्रतिष्ठित प्रयोगकर्ताहरू पनि समावेश छन् । यद्यपि एक्सले ब्लक गरिएका खाताहरू बारे जानकारी सार्वजनिक गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *