काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त गरेको छ ।
बिहीबार एन्फाले तामाङलाई पुनः महिला टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो ।
एन्फाका महासचिव किरण राईले तामाङलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन् । प्रशिक्षक तामाङ थाइल्यान्डसँग हुने मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप छनोटमा महिला टिमको प्रशिक्षकको भूमिका निभाउने एन्फाले जनाएको छ । तामाङ यसअघि महिला टिमको नियमित प्रशिक्षक रहेका छन् ।
उनीसँगै टिमको गोलकिपर प्रशिक्षकमा सुरजकुमार लामा, व्यवस्थापकमा बिन्द्रा देवान र फिजियोथेरापिस्टमा लक्ष्मी भक्तराईलाई नियुक्त गरिएको एन्फाले दिएकोछ ।