काठमाडौं । झापा जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पुँजीगत खर्च ४२ दशमलव ५६ प्रतिशत भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पुँजीगततर्फ जिल्लाका लागि १० अर्ब ७१ करोड विनियोजन भएकामा वैशाखसम्ममा चार अर्ब ५५ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ । चालुतर्फ विनियोजित १६ अर्ब २२ करोड ९० लाखमध्ये ७७ दशमलव ६३ प्रतिशत अर्थात् १२ अर्ब ५९ करोड ९२ लाख खर्च भएको जनाएको छ ।
कार्यालयको तथ्यांकअनुसार समग्रमा जिल्लाको खर्च ६३ दशमलव ६९ प्रतिशत अर्थात् १७ अर्ब १५ करोड ८५ लाख ७० हजार खर्च भएको छ । चालु आवको
वैशाखसम्ममा जिल्लाभर १६ अर्ब ९७ करोड ६९ लाख सात हजार २३ राजस्व संकलन भएको छ ।