काठमाडौं । दोलखा जिल्लाका नौ वटा स्थानीय तहको बेरुजु १४ करोड भन्दा बढी रहेको छ।
महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाका नौ वटा स्थानीय तहको आर्थिक वर्ष २०८०/०८१को बेरुजु १४ करोड ३९ लाख ८८ हजार रहेको पाइएको छ।
दुई नगरपालिका र सात गाउँपालिका मध्ये सबैभन्दा बढी बेरुजु विगु गाउँपालिका र सबैभन्दा कम बेरुजु जिरी नगरपालिकाको रहेको देखिएको छ। विगु गाउँपालिकाको ५ करोड ४३ लाख ४५ हजार बेरुजु देखिएको छ भने, जिरीको सबैभन्दा कम १७ लाख ४२ हजार रुपैयाँ रहेको छ।