काठमाडौं । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) बीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट पारेका छन् ।
सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले काँग्रेस र एमाले बीचको समीकरण विघटन हुँदैन, झन सुदृढ हुन्छ भनि जानकारी दिएका छन्। देश राजनीतिक स्थायित्व र सुशासन तर्फ अगाडि बढिरहेकोले वर्तमान सरकारले बिग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ। शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन लागिरहेको पनि गृहमन्त्री लेखकले उल्लेख गरेका छन् ।