काठमाडौं । बजेट घोषणा भएको एक महिना २२ दिनका दिन बालेन्द्र सरकार आफूले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लिन वाध्य भएको छ । मान्छेको जन्म र मृत्यु दर्तामा कम्युनिस्टका कलंकहरु अर्थमन्त्री नेको समयमा पनि शुल्क लिन्थे । जनतालाई करमाथि कर थोपरेर बदनाम भएका नवधनाढ्यहरुले समेत शिक्षा र स्वास्थ्यमा लगाएको करविरुद्ध सडकमा आउने आँट गरेनन् । अराजकताको नमूनाका रुपमा स्थापित प्रधानमन्त्री बालेन्द्र शाहले नै डा. स्वर्णिम लाग्लेको पिएचडी तिखार्ने गरी मान्छेको लाशमा पनि कर लगाए, बिरामी बोक्ने एम्बुलेन्स, लाश बोक्ने शव बहानसम्म कर लगाएर सर्वत्र आक्रमणको निशाना बनेका छन् ।
२६ लाख ५७ हजार विद्यार्थी पढ्ने निजी विद्यालय सञ्चालकहरुले विद्यार्थीको शुल्कमा लिने ३ प्रतिशत कर कुनै हालतमा नउठाने चेतावनी दिएका कारण प्रधानमन्त्री बालेन्द्रका विस्वासी शिक्षामन्त्री सस्मित पोख्रेलले भेटने आँट गरेन् । प्रधानमन्त्री कहाँ समस्या लिएर जानेसँग बहस गर्ने आँट भएका राजनीतिज्ञ थिएनन् । संसदमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिने आँट नहुनेले देश बनाउँछु भनेको विश्वास गर्ने ठाउँ नै थिएन । सरकारका गलत नीतिका कारण युवाहरु आत्म दाहा गर्ने स्थितिमा पुगेपछि सरकार चौतर्फी आक्रमणमा परेको थियो । शिक्षा र स्वास्थ्यको कर जनदवावले हटाइयो । देशको विद्युत बढी उपयोग गरेर बजार बढाउनुपर्नेमा ५ प्रतिशत कर लिने सरकारको गलत कदमको सर्वत्र विरोध गर्नुपर्ने आवश्यकता छँदैछ ।

