एमालेको सदस्य घट्ने, कांग्रेस बढ्ने ?

राजनीति समाचार

काठमाडौं । बहुदल कालका सत्ता पक्ष र प्रमुख प्रतिपक्ष कांग्रेस, एमालेमा सदस्यता नविकरण र कृक्रियाशील सदस्य बढाउने होडवाजी चलेको छ । कांग्रेसले पुरानो थिति बदलेर नयाँ गतिविधि गर्दा रैथाने वंशवादीहरुलाई पचेको छैन । युवाको समूह गगन थापा र विश्वतिर छ, हिजोका बद्नाम अख्तियारले डामेका घुस्याहाहरु शेर बहादुर देउवाको नाउ बेच्दैछन् ।

एमालेको सदस्यता घट्नुको कारण विधान, विधि, प्रक्रिया र नियम अध्यक्ष ओलीको मुखमा निर्भर हुनु प्रमुख हो भने खटेका नेता, कार्यकर्तालाई बेवास्ता गर्दै स्वार्थका लागि खटेकाहरुको चाकडी प्रथामा रमाएर जिम्मेवारी सुम्पनु दोस्रो कारण हो । एमाले अखिल, युवा संघजस्ता संगठन गतिहिन बनाइएको छ । रास्वपाको खराने समूहले सिंहदरबार भित्रै चलाएको गुण्डाराजको विरुद्ध कम्युनिस्टहरुले खबरदारी गरेका छैनन् ।

जबकी तीनै जनजीविका र सर्वहारा वर्गको पक्षपोषण हामी गर्छौं भन्छन् तर सत्तामा पुगेपछि माफिया दिपक भट्टकै स्वार्थका काम गर्दछन् भन्ने छर्लङ्ग भयो । एमालेको जागरण अभियानको शुरुवातमै अध्यक्ष ओलीले पार्टी कार्यलयमा भएको जमघटलाई सम्बोधन गर्दा देशभक्त वामपन्थी शक्तिको संयुक्त मोर्चाबाट लोकतन्त्र बचाउनुपर्छ भनेका थिए । त्यही अनुसार माओवादीसँग प्रदेश सरकार बनाउने मोर्चा बन्यो । कार्यकर्तामा आएको निराशा तोड्नको लागि अध्यक्षको त्यो भनाइ आएको हो । तर, पार्टीमा उनकै विकल्प खोज्दै प्रदेश तहमा सुझाव संकलनमा पुगेका उपाध्यक्ष विष्णु पौडेलमाथि सरकारले सम्पत्ति सुद्धिकरणको मुद्दा लगायो । अहिले विशेष अदालतबाट साधारण तारेखमा छुटेका पौडेल अध्यक्षकै पक्षमा खट्ने स्थिति छ । कार्यकर्तामा निराशा बढ्नुमा पार्टीका कामले गति नलिनु हो । अध्यक्ष आफैले मेची–काली यात्रा गर्दा पनि जनता एमालेकै पक्षमा भएको बताउँथे । एमाले नचाहिँदासम्म ८ लाख संगठित सदस्य छन् भनियो । तर दशौंं महाधिवेशनसम्म त्यो ८ लाख पु¥याउन नेताहरुले सकेनन् । २०८२ भाद्र २२ गतेसम्म पार्टी सत्तामा पनि थियो । विधान अधिवेशनले मुलुकको सम्भावित स्थिति अनुमान गर्न नसक्दा भाद्र २३ को कत्लेआम र २४ को विध्वंश देखेर सदस्यता नविकरणमा उत्साह नआएको हो ।

कांग्रेसमा रैथाने र निरन्तर सत्ता स्वाद लिएर थन्केको वंशवादी जमातका कारण पार्टी सदस्यहरु रुख र चारतारे झण्डाकै पछि लाग्ने हुन् । वीपीको सिद्धान्त, कृष्णप्रसादको अदर्श र गणशमानको त्यागलाई भँजाएर सान, सांैकात र सम्पत्ति आर्जन गर्ने धेरै भए । वंशवादमा पुत्र रमाएकै छन् । कालो बजारी, भ्रष्टाचार, महंगी र अभावका बारेमा कांग्रेस सडकमा आउँदैन । बालेन्द्र सरकारले लगाएको शिक्षा र स्वास्थ्यको करमा सर्वत्र विरोध भएपछि हटायो । तर, विद्युत्मा लगाएको कर अहिलेसम्म हटाएको छैन । प्रमुख प्रतिपक्षी भएको नाताले कांग्रेसले सडकमा आउने प्रयास गरेन । क्रियाशील सदस्यता १० लाख पु¥याएर केन्द्र, जिल्ला र प्रदेशको समेत नेतृत्वमा खुवि भएकाहरुलाई स्थान दिने घोषणा गरेका सभापति थापा नै वंशवादीहरुको आक्रमणमा परेका छन् । आफैभित्र रिश, रागले पिल्सेको शक्ति जनताका मुद्दामा भिड्न सक्दैन । रैथाने टोलीले सदस्यता नविकरण गर्न मानेका छैनन् । यो टोली सदाबहार पार्टी र सरकारमा रमाउनेमा पर्छ । रैथाने टोलीले नमानेपछि सभापति थापा पनि रनथनीन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *