काठमाडौं । पार्टीमा यीनको योगदान छ । प्रजातन्त्रका लागि यीनै लडे । गणतन्त्र ल्याउन बन्दुक उठाए । जो संसदवाद भन्थे तीनले पनि कमाए । युद्ध गर्नेले त बैंक लुटे, गाउँका सामन्त खेखाए चल सम्पत्ति कब्जा गरे, चल सम्पत्ति कुम्ल्याए । जनताका लागि कम्युनिस्टले के ग¥यो र कांग्रेसले गथ्र्यो । यीनै पुराना आज पार्टीमै अस्विकृत भएका छन् । जनताले यीनलाई बहिस्कार गरेर जान्नेलाई छानेका हुन् । त्यहाँ झन् गँजेडी, ट्यापे र भित्तीहरु चम्किँदा सिंहदरबारभित्र आतंक बढेको छ ।
त्यहीँ कारण अस्तित्व रक्षा गर्न नेकपा एमाले र माओवादीले प्रदेशको सत्ता भागबण्डा गरेका छन् । एमाले अध्यक्ष ओली पार्टी सत्ता रक्षाका लागि हिजो नेकासँग मिलेर सहयात्रीहरुमाथि दुत्कारेको बिर्सेका छन् । माधवको नाम लिँदा मुख कुल्ला गर्नुपर्छ भन्ने तीनै ओलीले यसपटक माधवको आवश्यकता ठानेका छन् । पार्टीमा ओलीविरद्ध उनकै हिजोका विस्वासिलो लागेपछि यो वाध्यता आएको हो । वामपन्थी नेता राधाकृष्ण मैनालीका अनुसार अझै केपी ओली, माधव नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाल प्रचण्ड अगाडि बढे भने जनताले पत्याउदैनन् । बरु विद्यादेवी भण्डारीलाई अगाडि सारे भने वामपन्थीको जनमत उठ्छ होला । ‘कालो दाग लागेकाहरु पार्टीमा रहन हुन्न,’ मैनाली भन्छन् । तर, केपी ओली एमाले त्यागेर ओझेलमा पर्न चाहँदैनन् । बरु एमाले समाप्त होस् । प्रचण्ड आवश्यक परे पार्टी संरक्षकका रुपमा रहन राजी छन् । माधवलाई त्यसमा कठिन छैन । झलनाथ आज पनि सुस्ताएका छन् ।
ओलीले हिजो आफैले स्थान दिएका शंकर पोख्रेल, विष्णु पौडेल, खगराज अधिकारी, हिक्मत कार्कीजस्ता नेताले निर्वाचन समीक्षा बैठकमा विकल्प खोज्ने स्थिति आएपछि त्यहीँ बेला बोलाउनुपर्ने समीक्षा बैठक राखेनन् । पार्टीको धरातल बुझ्नेगरी उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा भएको प्रदेश स्तरीय रिपोर्टबारे पार्टीमा बहस गर्ने मौका केन्द्रीय समितिलाई दिलाएका छैनन् । तर, सहकार्यको बाटो लिएका छन् ।

