भण्डारीको चर्चाले एमालेमा किन हुन्छ खैलाबैला

राजनीति समाचार

(रामचन्द्र बस्नेत)
नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्या भण्डारीको आगमनको चर्चाले एमालेभित्र टिकाटिप्पणी हुन थालेको छ । टिकाटिप्पणी सँगै पूर्वराष्ट्रपति भण्डारी पनि एमालेको नेतृत्व सम्हाल्न तयार रहेको देखिन्छ । भण्डारीको यो कदमले गर्दा नेपाली राजनितिमा नयाँ तरङ्ग छाएको छ । नेपाली राजनितिकसँगै विदेशी स्तरमा पनि भण्डारीको आगमनलाई नियाली रहेका छन् । अन्य देशमा पूर्वराष्ट्रपतिहरु आफ्नो कार्यकाल सकिएपछि सेवासुविधा त्यागगरी आफ्नो पुरानो व्यापार व्यवसायीमा फर्कने गरेका छन् । फर्केसँगै राज्यले दिएको सेवासुविधा त्याग्ने गरेका छन्।

तर नेपालको सन्दर्भमा त्यो लागू भइसकेको छैन । तत्कालीन राष्ट्रपति रामवरण यादवले राष्ट्रको सेवासुविधा भोग गरिरहेका छन् भने पूर्वराष्ट्रपति भण्डारी राज्यको सेवा सुविधा त्यागेर एमालेको नेतृत्व गर्न आउनु सर्व सुईंकार्य हुने देखिन्छ । किनकी पूर्वराष्ट्रपति भण्डारीले राज्यले दिएकोे सेवा सुविधा त्यागेको खण्डमा पूर्वराष्ट्रपति भण्डारी नेपाली जनताको लागि सधैंको लागि हाईहाई हुने छिन् । र नेपालका बामपन्थी शक्तिहरुपनि एक ठाउँमा आउने पक्कापक्की जस्तै छ ।

यदि भण्डारी राजनितिकमा फर्किएर पार्टी अध्यक्ष बनेको खण्डमा अधिकांश बामपन्थी कार्यकर्ताहरुले सुईंकार्ने अवस्था पनि त्यत्तिकै छ । किनकी भण्डारीलाई स्वदेश र विदेशको राजनितिक अनुभव भएको राष्ट्र र राष्ट्रियताको लागि काम गर्ने क्षमता भएको , राष्ट्रपतिहुँदा विवादमा नमुछिएको, राष्ट्रियताको नाममा राम्रो छवि कमाएको र उत्तरी छिमेकी मुलुकदेखि दक्षिण छिमेकी मुलुक भारतसँग सम्बन्ध राम्रो गाँसेको भन्दै आम बामपन्थी कार्यकर्ताहरुले पूर्वराष्ट्रपति भण्डारीको पक्षमा रहेका छन् । भण्डारी एमाले राजनितिकमा सक्रिय हुने चर्चासँगै केही नेताहरुको टाउको दुखाईं भएतापनि एमाले पार्टी एक ढिक्का बनाउनको लागि भण्डारीको आवश्यकता रहेको छ । यदि एमालेका नेताहरु नै छिन्नभिन्न भएभने एमाले पार्टी नै खतरामा पर्ने देखिन्छ ।

एमालेबाट माधव नेपाल फुटेर गएपछि एमालेले बहुमत ल्याउन सकेन । एकातिर माधव नेपाल फुट्नु अर्कोतिर भिम रावललाई पार्टीले कार्बाही गर्नु र केही नेताहरु मौन बस्नुले एमालेले २०७९ साल मंसिरको आम निर्वाचनमा बहुमत ल्याउन सकेन । त्यसको असर अहिले एमालेलाई परिरहेको छ । यदि एमालेले आगामी २०८४ सालको निर्वाचनमा बहुमत ल्याउनको लागि पूर्वराष्ट्रपति भण्डारी, झलनाथ खनाल,माधव नेपाल, भिम रावल, बामदेव जस्ता नेताहरुलाई आत्मा आलोचना गराउँदै एमालेमा प्रवेश गराउनु पर्ने आजको आवश्यकता छ ।

त्यसले गर्दा २०८४ को निर्वाचन अगाडि नै बाम शक्तिहरु एक ठाउँमा आउनुपर्ने देखिन्छ । तर, दक्षिण छिमेकी भारतले नेपालका बामपन्थी शक्तिहरुलाई छिन्नभिन्न बनाइदिने काम गर्दै आएको छ । किनकी नेकपा भन्ने पार्टी नै भारतले फुटाइदिएर तहसनहस गरिदियो । नेकपाको पार्टी मात्रै तहसनहस भएन एमाले समेत फुट्न पुग्यो । त्यसको असर अहिले एमालेलाई परिरहेको छ । अर्कोतर्फ तत्कालीन प्रधानमन्त्री ओलीले लिम्पीयाधुरा र लिपुलेक समेटिएको चुच्चे नक्सा सार्वजनिक गर्दा भारतले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा समेत बोलाएको छैन । ओली प्रधानमन्त्री बनेको एक वर्ष कार्यकाल पुराहुँदा ओली भारत जाने तरखर गरिरहेका छन् तर अझै भारत भ्रमणको निश्चित भएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *