मेरो स्वास्थ्य सामान्य छः प्रधानमन्त्री

राजनीति

सिंगापुरमा स्वास्थ्य जाँच गराएर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

स्वदेश फर्किएको करिब दुई घण्टापछि ट्विटरमार्फत उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् । उनले आफ्नो स्वास्थ्यप्रति चासो राखी चिन्ता व्यक्त गर्ने र स्वास्थ्‍य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

सिंगापुरबाट स्वदेश फर्किएपछि ट्विट गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, “सिंगापुरमा स्वास्थ्य परीक्षण गरी आज फर्किएको छु । मेरो स्वास्थ्य सामान्य रहेको छ । परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु । मेरो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्य लाभको कामना गर्नुहुने सबै दिदीबहिनी दाजुभाइहरूलाई धन्यवाद दिन चाहन्छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *