बिनाअनुसन्धान सञ्चालनमा ल्याएका कलेजहरुका कारण प्रतिस्पर्धा बढेको हो : ढकाल

अन्तरवार्ता प्रमुख प्रशासन

होटल म्यानेजमेन्टमा नेपाली विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विगतमा अन्य राम्रा विषयहरुमा आकर्षण बढेपनि होटलम्यानेजमेन्ट पढ्ने विद्यार्थीको संख्या एकदमै न्यून थियो । तर, केही वर्ष यता मुलुकमै रहेर वा विदेशमा गएर पनि विद्यार्थीहरु होटलम्यानेजमेन्ट पढिरहेका छन् । नाचनले ति विद्यार्थीहरुको व्यवस्थापन कसरी गरिरहेको छ ? विदेश पढ्नजाँदाका फाईदा र समस्या, नेपालमै पढ्नपाईने प्रावधानहरु बारे तामाकोशी सन्देश साप्ताहिकका संबाददाता एलबी विश्वकर्माले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक दुर्गादत्त ढकालसंग गरेको कुराकानीको सम्पादित अंस…

नाचनले होटल म्यानेजमेन्ट पढ्न विदेश जाने विद्यार्थीलाई कसरी पठाई रहेको छ ?
नाचनले विद्यार्थीको हितमा काम गरिरहेको छ । हाम्रो संस्थामार्फत गत वर्ष १३ सय ८४ विद्यार्थीहरुले अध्यायन रहेका थिए । यो वर्ष अझ बढि बृद्धि भएका छन् । करिब १५ सय ४ जनाले अहिले अध्यायन गरिरहेको अवस्था छ । कोटा पनि अहिले बढ्दै गएको छ। विद्यार्थीहरुको प्राक्टिल र अन्य कक्षाहरुभईरहेका छन् । विद्यार्थीहरुको नतिजा पनि राम्रो आउने गरेको छ । हामीले काटा अझ बढाउदै लैजानु पर्ने पनि देखिन्छ । अहिलेको कोटाले जुन किसिमले विद्यार्थीको आकर्षण बढिरहेको छ । सोही अनुरुप पर्याप्त कोटा नहुँदा समस्या सिर्जना भईरहेको छ । विद्यार्थीेको आकर्षण वर्षेनी बढ्दै गएको छ । एउटा कोटाको लागि ३–४ गुणा बढिले आवेदन दिने गरेका छन् । अहिले पनि भखरै कोटा खोलिएको छ । यो वर्ष अझ बढि आवेदन पर्ने अनुमान गरिएको छ । विद्यार्थीहरुले विदेश जाँदा मुख्य २ किसिमका कामहरु राखेका छन् । एउटा एक वर्ष ईन्ट्रनसिपकालागि जाने गरेका छन् भने अर्कोथरी विद्यार्थीहरु पढाई सकेर विदेश जाने गरेका छन् । उनीहरु उतै काम गर्न जाने हुन् । ईन्ट्रनसिप गर्न गएका विद्यार्थीहरु पनि कोही उतै काम गर्छन् भने अधिकां विद्यार्थी स्वदेश फिर्ता भईरहेको अवस्था छ। यि दुबै खाललदका विद्यार्थी छन् । हामीले प्रत्यक वर्ष एजुकेशन कन्सलटेन्सीहरुलाई विज्ञापन आह्वान गर्छौ । जसले सबभन्दा पैसा पनि कमगर्ने र प्रत्याभुति दिएको हुन्छ । उसले विद्यार्थीको अभिभावकलाई भनेर हामीले उनीहरु मार्फत पठाउने हो । हामी सिधै पठाउदैनौ । त्यहाँ रहँदापनि हामी आफैले फोनमा कुरा गरिरहेका हुन्छौ भने वर्षमा एक पटक त्यो विद्यार्थीले के गरिरहेको छ भनेर उतै पुगेर पनि हामीले बुझ्ने गरेका छौ ।

दुर्गादत्त ढकाल नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक

विद्यार्थीले ट्राभल एण्ड टुरिजम किन पढ्ने ?

पर्यटन क्षेत्रबारे जानकारी लिन र पर्यटकलाई सोही अनुसारको सेवा सुविधा उपलब्ध गराउन विद्यार्थीहरुले र्नुपर्ने हुन्छ । जसले विद्यार्थीलाई पर्यटन क्षेत्रको व्यवस्थापन कसरी गर्ने भन्ने जानकारी दिने गरेको छ । पर्यटनको व्यवस्थापन, लेखा, वित्तलगायतका विषयको अध्यापन सोही पाठ्यक्रममा व्इवस्थापन गरिएकाले पनि पढ्नुपर्ने हुन्छ। नेपालीमा पर्यटन विषयको अध्यापन हुन थालेको करिब एक दशक वित्न थालेको छ । विगतमा थोरै संख्यामा विद्यार्थीहरुले यो विषय पढ्ने गरेका थिए । अहिले प्रतिस्पर्धा बढिरहेको छ । विद्यार्थीले पर्यटनको व्यवस्थापनसंगै नयाँ क्षेत्रहरूको बारेमा खोज तथा अनुसन्धान गर्ने र प्रचार प्रसार गर्ने गरिरहेका हुन्छन् । यि विद्यार्थीलाई ट्राभल एजेन्सी, होटेललगायत पर्यटन क्षेत्रमा राम्रो अवसर पनि छ । अझ नेपालको सन्दर्भमा भन्नुपर्दा पर्यटकीय दृष्टिकोणबाट राम्रो र सुन्दर भएकाले र विद्यार्थीको संख्या पनि कम रहेकाले बढि अवसर रहेको छ ।

विद्यार्थीले आफैले ईन्ट्रनसिप मिलाएर जान पाउछ की पाउदैन् ?
पाउछ । काम गर्न जाँदा हामीले लेटर मात्र दिईदिने हो । बाँकी विद्यार्थी आफैले काम मिलाएर जानुपर्ने हुन्छ । पढ्नको लागि विदेश जाने विद्यार्थीहरुको तुलनामा भने विद्यार्थी आफै जान सक्छन् । साथै सुरक्षा व्यवस्थाका हिसाबले पनि राम्रो छ। कतिपय विद्यार्थीहरु आफेले मिलाएर जाने गरेका छन् । अस्ति भर्खरैमात्र ईन्ट्रनसिपमा ५ जना विद्यार्थी आफै मिलाएर गए । यसैगरि बहराईनमा ७ जना विद्यार्थी र दुबैमा १० जना विद्यार्थी आफै मिलाएर गएका छन् । यसमा ठुलो संख्यामा विद्यार्थीहरु कन्सलटेन्सी मार्फत गएको अवस्था छ ।

विदेशमा पढेर नेपालमै रोजगारी र व्यवसाय गर्न भनेर कति विद्यार्थी फर्किएका छन् ? उनीहरुको धारणा के छ ?
यस विषयमा सन् २०१५ मा एउटा रिसर्च भएको थियो । उक्त रिसर्च अनुसार ७० प्रतिशत विद्यार्थीहरु विदेशमै छन् । यतिका ठुलो संख्यामा अध्यायन गरेर र अध्यापन गराएर पनि मुस्किलले ३० प्रतिशत विद्यार्थी मात्रै नेपाल फर्केर काम तथा व्इवसाय गरिरहेको अवस्था छ ।

सरकारले होटल म्यानेजमेन्ट पढेका विद्यार्थीलाई व्यवसाय गर्नका लागि के सहयोग गर्छ ?
हामीले सल्लाह र सुभाव दिने गरेका छौ । फिजिविलिटीको हिसाबले अथवा उसलाई चाहिने कुराहरु हामीले सहयोग गर्ने गरेका छौ । लगानी आफै लगाउनु पर्ने हुन्छ । यदि विद्यार्थीसंग नाथमको सर्टिफिकेट छ भने ति विद्यार्थीले सहजै बैंक मार्फत रिण पाउन सक्छन् । नेपालमै व्यावसाय गर्न चाहेमा पनि त्यती गाह्रो छैन् ।

विदेश प्रति विद्यार्थीको आकर्षण किन बढेको होला ?

यस विषमया हामीले त्यती अध्यायन गरेका छैनौ । अनि अर्कोकुरा यो विद्यार्थीहरुको व्यक्तिगत रुची पाि हो । सायद विदेशमा रहेर अध्यायन गर्दा उतै राम्रो जागिरि पाउने आशले पनि हुनसक्छ । विद्यार्थीलाई पढाउने कुरा र विद्यार्थीलाई सहुलियतको विषयमा भन्नुपर्दा विदेशमा र नेपालमा उस्तै हो । केही फरक छैन् । सेवा सुविद्या नेपालमा पनि विदेशमा जस्तै दिने गरिन्छ । नेपलामा रोजगारी नै छैन् भन्ने पनि हैन् । नेपालमा पनि रोजगारीको व्यवस्था छ । विद्यार्थीहरुले नेपालमा जुनसुकै स्थानमा पनि रोजगारी पाउन सक्छन् । यसका लागि उनीहरुको आफ्ने मेहेनत पहिलो कुरो हो ।

होटेल म्यानेजमेन्ट अध्यायन र अध्यापनमा कस्ता चुनौतीहरु छन् ?
चुनौती हरेका क्षेमा हुन्छन् । होटल म्यानेजमेन्ट नेपालको लागि नौलो कुरा जस्तै हो । ग्रामिण क्षेत्रतिर यो विषय के हो ? यस्तो पनि विषय हुन्छ ? भन्ने जस्ता कुराहरु आउछन् । सर्वसाधारणले पनि गाउँका सामान्य होटलहरु देखेर जाबो एउटा होटल चलाउन किन यत्रा लगानी गर्ने भन्ने धारणा समेत राख्ने गरेकाछन् । शहरको कुरा गर्दा यहाँ प्रतिस्पर्धा बढिरहेको छ । कलेजहरु च्याउजस्तै उम्रिरहेका छन् । सबै कलेजहरु रिसर्च विनै सञ्चालनमा ल्याईएका हुन् । जसका कारण प्रतिस्पर्धा दिनहुँ बढिरहेको छ ।

होटल म्यानेजमेन्ट पढ्न चाहाने विद्यार्थीले के—के कुरामा ध्यान दिनुपर्छ ?
पहिलो कुरा विषयको राजाई नै हो । यसैगरि राम्रो कलेज छान्ने कुराहरुमा पनि ध्यान दिनुपर्छ । विद्यार्थीहरु नाम चलेको नामी कलेजेको पछाडी दौडिरहेका हुन्छन् । समयमै विषय छनौट गरेर अध्यायन थालिसक्नु पर्छ ताकी उसको समय खेर जाँदैन् ।

धेरैले चाहाना हुँदाहुदैपनि नबुझेर ननपढेको अवस्था पनि छ । कसरी हुन्छ यसको पढाई ?
ट्राभल एन्ड टुरिजम विषयबारे जानकारी नभएका र पढ्न चाहेका विद्यार्थीहरु धेरै नै छन् । विषश गरेर शह।मा भन्दा पनि त्यस्ता विद्यार्थीहरु ग्रामिण क्षेत्रमा बढि छन् । यो विषय भने व्यवस्थापन संकायअन्तर्गतको एउटा सेक्टर नै हो । विद्यार्थी उच्चमाविमा कक्षा ११ र १२ मा गरी दुई सय पूर्णांकको अध्यापन गर्नुपर्ने हुन्छ । यस्तै यो विषय स्नातक र स्नातकोत्तर तहमा पनि पढ्न पाउने व्यवस्था छ । स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रम उस्तै हुने भएकाले धेरैजसो विद्यार्थीले स्नातकसम्म मात्र पढ्ने गरेको हामीले पाएका छौ । बाँकी रह्यो खर्च लाग्ने कुरा धेरुेले सोचेका हुन्छन् । मलाई यो विषय पढ्ने चाहाना छ । उक्त विषयको बारेमा त्यो मान्छे जानकार पनि छ । तर, वास्तवमाभन्नु पर्दा यो विषय अन्य विषयको जस्तै सामान्य लगानी पढ्न सकिन्छ । सामान्यतया व्यवस्थापन संकायमा लाग्ने खर्च र होटल म्यानेजमेन्ट पढ्दा लाग्ने खर्च उस्तै हो । स्नातक र स्नातकोत्तर तहमा सामान्यतया तीन लाख देखि पाँच लाख रुपैयाँसम्म खर्च लाग्छ । खास गरेर यस विषयको प्राक्टिकल पर्यटन क्षेत्रमा नै गर्नुपर्ने भएकाले अलिक महंगो पर्न जान्छ ।

नेपालमा कहाँ पढ्न पाईन्छ नी ?
नेपालका धेरै क्याम्पसहरुहरुमा यसको व्यवस्थापन छ । साथै त्रिभुवन विश्वविद्यालय अन्र्तगतका आंगिक क्याम्पसअन्तर्गत रहेको पब्लिक युथ क्याम्पस, नेपाल एकेडेमी अफ ट्राभल एन्ड होटेल म्यानेजमेन्ट (नाथम) तथा नेपाल कलेज अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट कलेजमा पर्यटन विषय अध्यापन हुन्छ । त्यसैगरी, पूर्वाञ्चल र काठमाडौं विश्वविद्यालय अन्तर्गत विभिन्न कलेजहरुमा समेत उक्त विषय पढ्न पाउने व्यवस्था गरिएको छ । साथै हामीले विभिन्न देशहरुमा स्कलरसिपमा पढ्न पाउने व्यवस्था समेत गरेका छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *