आज ०७६ भाद्र १, कुनै शुभकार्य गर्दै हुनुहुन्छ भने हेर्नुहोस राशिफल

जीवन दर्शन

मेष

नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

मिथुन

आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

सिंह

इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ ।

तुला

आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । दाम्पत्य सम्बन्ध सुदृढ हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

धनु

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आफुले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । काम गर्ने उत्साह र हौसला मिल्नेछ ।

कुम्भ

आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

बृष

एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । बजारपनि घुम्न पाईनेछ ।

कर्कट

अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

कन्या

धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । रोजगारको अवसरपनि मिल्नेछ ।

बृश्चिक

लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।

मकर

लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । सफल यात्राको योग छ ।

मीन

व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । झुटा आरोप आइलाग्न सक्नेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । ज्यो.प. नारायणप्रसाद दुलाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *