पूर्वयुवराज पारस शाह द्वारा ड्युटीमा रहेका प्रहरी नायब निरिक्षक माथि दुर्व्यवहार

प्रमुख विविध समाचार

पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरी नायब निरिक्षक (सई) ईश्वर खत्रीलाई धकेलेर दुर्व्यवहार गरेका छन् । उनका आमा र छोराछोरी थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरिक्षक माथि दुव्र्यवहार गरेका हुन् ।

थाई एयरको जहाजबाट थाइल्यान्ड हिँडेकी आमा कोमललाई विमानस्थल पुगेका पारसले छोरा हृदयेन्द्र र भान्जालाई प्रहरीले बाटो रोकेको भन्दै प्रहरीलाई धकेलेका हुन्। पारसले प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यो दिउँसो १ बजेतिरको घटना थियो। विमानस्थल प्रहरीका अनुसार शाह सरासर आएर सई खत्रीलाई धकेलेका थिए।

‘उहाँ विदाइको लागि आउनुभएको रहेछ, भीडभाड बढी थियो, त्यहीबेला मलाई धकेल्नुभयो,’ खत्रीलाई उद्धृत गर्दै निकट स्रोतले भन्यो, ‘भीडभाडका कारण किन धकेल्नुभयो भन्ने सोधीखोजी गर्ने अवस्था थिएन।’ महानगरीय प्रहरी परिसरका अनुसार त्यस्तो घटनाको रिपोर्ट आएको छैन। पीडितले पनि कतै उजुरी गरेका छैनन्।

‘प्रहरीमा त्यस्तो घटनाको जानकारी आएको छैन,’ एसएसपी उत्तम सुवेदीले भने।हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *