आज ०७६ भाद्र ५, कुनै शुभकार्य गर्दै हुनुहुन्छ भने हेर्नुहोस राशिफल

जीवन दर्शन

 

मेष

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मिथुन

ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

सिंह

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको आगमन हुनेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । आँटेको कामपनि पुरा होला ।

तुला

परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

धनु

साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ मिल्नेछ ।

कुम्भ

भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

बृष

शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ ।

कर्कट

शुभारम्भको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । अनुहारमा कान्ति छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

कन्या

आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ ।

बृश्चिक

अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

मकर

बन्न लागेको काम विग्रिनेछ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउनेछ ।

मीन

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । लाभदायक यात्रा होला । ज्यो.प. नारायणप्रसाद दुलाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *