प्रधानमन्त्रीको स्वास्थ्य परिक्षण, फर्किएको १० दिनमै फेरी सिंगापुर

प्रमुख राजनीति

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँच तथा उपचारको फलोअपका लागि आज दिउँसो सिंगापुर प्रस्थान गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गरी नेपाल फर्किएको १० दिनमै पुनः स्वास्थ्य परिक्षणका लागि आज विहिबार सिंगापुर गएका हुन् ।
स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर गएका थिए यसपटक पनि सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटल (एनयुएच) मा उनको स्वास्थ्य जाँचको फलोअप हुनेछ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीको सिंगापुर बसाइको अवधि तय नभएको जानकारी दिएका छन्। प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह र प्रमुख स्वीकय सचिव राजेश बज्राचार्यसहितको टोली हुनेछ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले आफ्नो स्वास्थ्य परीक्षणलाई उत्तिकै महत्व दिँदै आएका छन्। उनको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण काठमाडौं, दिल्ली, बैंकक र सिंगापुरमा हुँदै आएको थियो।

१२ वर्ष अघि मृगौला प्रत्यारोपण गरेको प्रधानमन्त्री ओलीको ६ वर्षअघि हातमा समेत संक्रमण भएर समस्या आएको थियो । पछिल्लोपटक सिंगापुरमा उपचार गराएर आएपछि उनी पार्टीको बैठकमा सामेल भएर केही निर्णय प्रक्रियामा सहभागी भए । गत आइतबार नै संसदमार्फत उनले जनतालाई आफ्नो स्वास्थ्य अवस्थाको जानकारी गराएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार सिंगापुरको सरकारी नेसनल युनिभर्सिटी अस्पताल ९एनयुएच० मा ओलीको स्वास्थ्य परीक्षण हुनेछ । सन् १९८५ मा स्थापित सो अस्पताल मिर्गौला, अमासय र कलेजो प्रत्यारोपणमा अब्बल मानिन्छ । प्रधानमन्त्रीसँगै श्रीमती राधिका शाक्य, स्वकीयसचिव राजेश बज्राचार्य, निजी चिकित्सक डा। दिव्या सिंह शाह र सुरक्षाकर्मी सिंगापुर प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओलीले चिकित्सकको समय लिइसकेका छन् । उनी स्थास्थ्य परिक्षणको क्रममा सिंगापुरमा १० दिन लाग्ने सक्ने अनुमान गरिएको छ । १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण भएको थियो । थाइल्यान्डको बुमरुङगार्ड अस्पताल र सिंगापुरमा प्रधानमन्त्री ओलीले फलोअप उपचार गराउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *