एसपी मल्ल भन्छन् : हिरासतको मान्छे असुरक्षित हुँदैन, बोल्दा ख्याल गर्नू

प्रमुख बिबिध समाचार

चितवन प्रहरीले हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेलाई कुनै असुरक्षा नरहेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जनाएको छ ।

पत्नी निकिता पौडेलको फेसबुक एकाउन्टमार्फत स्टाटस लेख्दै रविले आफु प्रहरीबाटै असुरक्षित रहेको दावी गरे पनि मल्लले रविसहित तीनैजनामाथि कुनै किसिमको सुरक्षा चुनौती नभएको बताएका हुन्।

उनले दोस्रो पटक म्याद थप गरेपछि आफु प्रहरीबाटै असुरक्षित रहेको बताएका थिए। रविको सुरक्षाबारे प्रहरी प्रमुख मल्लले भने ‘हिरासतमा उनी अन्य साधारण व्यक्तिसरह सामान्य अवस्थामा छन्। उनीमाथि कुनै असुरक्षा र दबाब छैन’, उनले भने, ‘सामाजिक सञ्जालमा कसले के लेख्यो, कसले के भन्योरु त्यो थाहा छैन, सबैको जवाफ दिइरहनु आवश्यक छैन। तर रविसहित युवराज कँडेल र अस्मिता कार्की मात्रै नभइ हिरासतका सबै सुरक्षित छन्।’ प्रहरी नियन्त्रणमा रहेका व्यक्तिहरुको सुरक्षामा जिल्ला प्रहरी कार्यालय अत्यन्त सचेत रहेको मल्लको भनाई छ। ‘प्रहरीको घेरामा रहेका व्यक्ति कसरी असुरक्षीत हुन्छरु’ मल्लले प्रति प्रश्न गर्दै भने, ‘अनुसन्धान भइरहेको छ, सुरक्षाबारे अनेक आशङ्का नगर्न सबैसँग आग्रह गर्दछु।’ उनले अनुसन्धान भइरहेको विषयमा बोल्दा संयमता अपनाउन पनि सबैसँग आग्रह गरे।

रविले प्रहरीले चलाएको कदम आफुलाई फसाउने गरी सुनियोजित र नियतपूर्ण भएको दावी गरेका थिए। पहिलो पटक थपिएको ५ दिनको म्यादमा आफुले प्रहरीलाई अनुसन्धानमा सहयोग गरे पनि दोस्रो पटक म्याद थपीएपछि उनले आफुले प्रहरीबाटै असुरक्षित महसुस गरेको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *