साल्ट ट्रेडिङको १०औँ रक्तदान सम्पन्न

प्रमुख समाचार

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्नो वार्षिकोत्सवको समय पारेर १०औँ रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रम गत शनिबार कालिमाटी ब्याङकेट पार्टी प्यालेसमा भएको थियो । उक्त रक्तदान कार्यक्रममा हौसलापूर्ण वातावरणमा गरिएको थियो ।

कार्यक्रममा ठूलो मात्रामा भीड लागेको थियो । रक्तदानमा झन्डै दुई सय जनाभन्दा बढीको सहभागिता रहको थियो । उक्त कार्यक्रमलाई सहयोग गर्ने संस्था नमो हारती बचत तथा ऋण सहकारी संस्था लि।, डाबर नेपाल, विभिन्न स्वास्थ्यसम्बन्धि ग्रिन टी स्याम्फु साबुनलगायत र उक्त कार्यक्रममा साल्ट ट्रेडिङका महाप्रबन्धकलाई प्रमाण पत्र र टिसर्टको व्यवास्था गरेको थियो । साथै स्वास्थ्यसम्बन्धि संस्थाले निःशुल्कमा ब्लडप्रेसर जाँच्नेदेखि विभिन्न रोगका लागि निःशुल्क स्वाथ्य जाँच गरिएको थियो । साथै एचओन भन्ने संस्थाले मेसिनको प्रयोग गरी स्वास्थ्य जाँच गरेको थियो । साथै यस संस्थाले अटोमोड (मेरुदण्ड नशा र शरीरको आन्तरिक अंगका लागि), रेस्ट मोड (पाचन प्रणाली), बेसिक हेल्थ मोड, अनिद्रासम्बन्धि समस्या हुनेका लागि, डिप्रेसन मोड (मानसिक तनाव), हर्मोन गड्बढी हुनेहरुका लागि (रोग प्रतिरोधात्मक क्षमता बढाउने), शरीरलाई सन्तुलनमा राख्नका लागि, बिर्सने, स्मरण शक्ति कमजोर हुनेका लागि (विद्यार्थीहरुका लागि), मोटोपन घटाउन र शरीर पूर्ण रुपमा सन्तुलित राख्नका लागि, शारीरिक शक्ति तथा यौन शक्ति वृद्धि गर्नका लागि, मालिस मात्र (शारीरिक थकान, मानसिक तनाव, मांसपेशी दुखाइका लागि), रगत सञ्चार सम्बन्धी (पे्रसर र सुगरलगायत अन्य), शरीरको फोहोर वबस्तु बाहिर निकाल्नका लागि (पाचन प्रक्रिया सम्बन्धी समस्याका लागि), दुखेको ठाउँमा दोहो¥याइ तेह¥याइ र पेटका लागि र आफूले चाहेअनुसारको मसाज गर्नसमेत सकिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *