अबको दुई महिनामा नेपालमा आईपुग्छ रेल : महानिर्देशक मिश्र

अन्तरवार्ता अर्थ/वाणिज्य प्रमुख

सरकारले रेल निर्माणको कामलाई मुख्य विशेसताका साथ लिएको छ । पछिल्लो समय हरेक नेताको मुखमा झुण्डिने बोली पनि रेल मार्ग निर्माण र विश्व स्तरमा रेल मार्फत नेपाललाई जोड्ने कुराहरु छन् । मुलुकको उत्पादनलाई निर्यात र आयातका कामहरु गर्नका लागि सरकारले रेल निर्माणको काम भईरहेको छ। सरकारले रेल विभाग नै निर्माण गरेर रेल भित्र्याउने काम गरिरहेको छ। अहिले रेल ल्याउने तयारी विभागले कसरी गरिरहेको छ रु र कहिले सम्म रेल नेपालमा आईपुग्छ भन्ने विषयमा आधारित भई तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एलबी विश्वकर्माले रेल विभागका महानिर्देशक बलराम मिश्रसंग गरेको कुराकानीको सम्पादित अंश…

० सरकारले रेल ल्याउने तयारीका लागि रेल विभगको गठन गरेको छ । कसरी काम भईरहेको छ ?
मुलुकमा रेल सञ्चालन गर्ने र रेल चढ्ने सरकार र नेपाली जनताको ठुलो आकांक्षा नै अहिले बनेको छ । पार्टीहरुको चुनावी एजेण्डा मात्र बन्ने गरेको रेल सपना अब पुरा हुदैछ। रेल विभाग गठन गरेर रेल सञ्चालनको काम भईरहेको छ। हामी तिव्र रुपमा अहिले यसैमा लागि रहेका छौ । थुप्रै स्थानमा कार्यालय नै स्थापना गरेर हामीले काम गरिरहेका छौ । हामीले संघ मार्फत डिपिआर तयार पार्ने काम गरेका छौ । रेल विभागले थुप्रै स्थानको डिपिआर तयार पारेर मन्त्रालयलाई पठाईसकेको छ । अब बजेट व्यवस्थापन भए लगत्तै पुर्व पश्चिम रेलमार्गको काम तुरुन्त सुचारु हुन्छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्र

० पहिलो रेल कहिले सम्म आईपुग्न नेपाल ?
पहिलो रेल अबको दुई महिनामा नेपालमा आईपुग्छ । हामी यसमा विश्वस्त छौ । सोही अनुसार कामलाई पनि तिव्रता दिईएको छ । पहिलो रेल भारतबाट खरिद गर्ने निर्णय गरेका छौ । जसका लागि प्रक्रिया पनि अहिले अन्तिम चरणमा छ । यसका लागि यतिले मात्र सम्भव छैन् । नेपाल सरकार सबै विभागले समेत साथ दिनुपर्छ । त्यसमा ढिलाई भयो भने सोही अनुसार ढिलाई हुन्छ ।

० नेपालले रेल ल्याउने त भनेको छ । तर, लगानी गर्न सक्ने स्थीती छैन् । कसले गरिरहेको छ लगानी ?
नेपालमा रेल ल्याउनका मुख्यतया दुई छिमेकी राष्ट्रहरु चीन र भारतको छ । यि दुई देशले नेपालमा रेल ल्याउन मद्दत गर्ने प्रतिबद्धतम पनि पहिले नै गरिसकेका छन् । भारतले बार्डर सम्म रेल बनाईदिने सम्झौता भएको छ। त्यसैले अहिले २ ठाउँमा काम चलिरहेको छ । एक विराटनगर – जुगवनजी र यहाँ जयनगर– जनकपुरमा काम भईरहेको छ। यहाँ रेल वे लाईन निर्माणको काम पनि अगाडी बढिरहेको छ । यसैगरि अर्को तिन ठाउँमा काकडभिट्टा, भैहरवा र नेपालगञ्ज रोड नेपालगञ्ज लगायतका क्षेत्रहरुमा काम भईरहेको छ। यि ठाउँहरुमा पनि भारतले डिजाईन बनाईदिने भन्ने सम्झौता भएको छ । काठमाडौं–रक्सौल सम्भाव्यता अध्यायन भारतल आफ्नै खर्चमा गरिदिएको छ। त्यसपछि डिपिआर सम्भवत उनीहरुको खर्चमा तयार गर्ने छलफलमा छौ । यसैगरि काठमाडौं–केरुङ र चीन, अनि पोखरा लगायतका स्थानमा रेल निर्माण गर्न चीनको लगानी छ यहाँको पहिलो चरणको काम भईरहेको छ। अहिले चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आएपछि यसलाई थप जोड दिईएको छ। नेपाल सरकारले पनि बजेट छट्याएर पूर्व पश्चिम रेलमार्गको काम अगाडी बढाएको छ । सम्भाव्यता अध्यायनका काम पनि गरिसकेको छ । सरकाले बर्दिबास देखि निजगढ सम्मको सडक आफ्नै लगानीमा खर्च गर्ने निर्णय गरेको छ । त्यहाँ ट्रयाक निर्माणको काम भईरहेको छ।

० कत्तिको महंगो पर्न जाला रेल ?
रेल आयोजना महंगो नै छ । नेपलामा उत्तर र दक्षिणका दुबै छिमेकी मुलुक काठमाडौंसम्म रेल जोड्न सकारात्मक रुपमा काम गरिरहेका छन् । हाम्रो जस्तो विकासोन्मुख देशका लागि रेल सपना मात्र बन्ने गरेको भएपनि अहिले त्यो विपनामा परिणत हुदैछ। सरकारले निति निर्माण र प्रक्रिया पुरा गर्ने हिसाबले काम गरेको खण्डमा अझ सहज हुने अपेक्षा छ । तर, हामीलाई कर्मचारी अभावले गर्दा काम गर्न कठिन भईरहेको छ। प्रयाप्त दरबन्दि अझै पुगेको छैन । संसारकै सबैभन्दा जटिल रेलमार्ग भएकाले पनि निर्माणमा नेपालले चीनको सहयोग अपेक्षा गर्नु स्वाभाविक हो । केरुङ–रसुवागढी हुँदै काठमाडौं जोड्ने रेलमार्गका लागि १ किलोमिटरको लागत नै ७÷८ अर्ब लाग्ने अनुमान गरिएको छ। करिब सय किलोमिटर रहने यस मार्गमा ९५ प्रतिशत त सुरुङ नै प्रयोग गर्नुपर्ने भएकाले हामीसंग थुप्रै चुनौतीहरु छन् ।

० रेल निर्माण पश्चात के के सम्भावनाहरु छन् ?
रेल मार्ग निर्माण सम्भावनाका ढोकाहरु नेपालको लागि खुल्ला हुनेछन् । उत्तरतिर रेलमार्ग छेडीने वित्तिकै चीनसंग व्यापारका साथै आर्थिक विकासका ढोकाहरु खुल्ने छन् । तर त्यो रेलमार्ग विश्वकै कठिन रेलमार्ग मध्येमा पर्ने तथा थुप्रै पुल र सुरुङले हिमाल–पहाड तर्ने र खोतल्न समेत महंगो रकम पर्न जाने छ । हाललाई ८ अर्ब डलर खर्चेर रेल मार्ग बनाउन सक्ने हनुमान गरिएको छ। सरकारले समयमै काम थालेर तिव्रता दिन सकेन भने अझ बढि रकम लाग्न सक्छ । मित्रराष्ट्र चीनले सदभावपूर्वक निर्माण गरिदिए दुई देशबीचको दौत्य सम्बन्ध कसिलो बन्ने र नेपालको आर्थिक सम्वृद्धिको ढोका पनि खुल्ने अनुमान गरिएको छ। सरकारले समेत चीन सरकारले पनि निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाईसकेको छ। रेलमार्गको निर्माणसंगै नेपालको उत्पादनले चीनको अतिरिक्त यूरोपसम्मको यात्रा सहज हनेछ । साथै एशिया र युरोपमा तीब्र गतिमा रेलमार्गको काम भईरहेको, एशियामा एसियाली रेल नेटवर्कको खाका बन्दै गरेको तथा नेपालको पूर्व पश्चिम रेल मार्ग पनि यही सञ्जालको एक अंशको रुपमा रहेको छ ।

० काठमाडौंमा रेल ल्याउने तयारी कसरी अगाडी बढाउनु भएको छ ?
काठमाडौंको लागि कामहरु तिव्र रुपमा अगाडी बढिरहेको छ। पहिलो चरणमा विभिन्न स्थाबाट काठमाडौं सम्म रेल पुग्ने छ। यसपछि काठमाडौं उपत्यकाका लागिरेल मार्ग निर्माणको कामले तिव्रता पाउने छ। केही स्थानमा मेट्रो रेल निर्माण गरिने छ भने केही स्थानमा रेल नै चल्ने छ। मेट्रोमा एउटामा एकै पटक ७ सय बढि मानछेहरु सहजै हिड्न सक्नेछन्। अहिले यो काठमाडौंको लागि अपरिहार्य भईसकेको छ। नेपाल सरकारले अरु संस्थाहरु जाईका र एडिबीबाट पनि काठमाडौंको ट्राफिक व्यवस्थापनको काम अगाडी बढाएको छ। रेल सञ्चालन गर्न सकेको खण्डमा दिर्घकालिन रुपमा समस्याको समाधान हुनेछ । अहिले विभिन्न स्थानमा रेग मार्ग निर्माणका लागि डिपिआर तयार भईरहेको छ।

० तर, रेल विभागले केही गरेन भन्ने आरोप लाग्ने गरेको छ नी
मलाई लाग्छ यस विषयमा जनता नै जानकार छैनन् । रेल मार्ग निर्माणको काम गर्न त्यही सहज छैन् । रेल मार्ग निर्माणको लागि काम भईरहेको छ। यसैले यो भन्ने वित्तिकै हुने काम पनि होईन् । यसको लागि लामो समय लाग्छ। दिर्घकालिन काम गर्नका लागि लामो समय नै लाग्छ । हामीले बल्ल मात्र कामको सुरुवात गरेका छौ । अर्थमन्त्रालयले बजेटको व्यवस्थापनको काम जति चाँडो गर्छ। हामी त्यती नै चाँडो निर्माणको कामलाई तिव्रता दिन्छौ । अहिलेको समस्या भनेको पनि त्यही हो । दिर्घकालिन कामको बारेमा सर्वसाधारणले कसरी काम गर्ने रु र कति समय लाग्छ भन्ने विषयमा जानकारी हुनुपर्ने हुन्छ। यसका लागि रेलको टोपोे अध्यायन गर्नुपर्ने हुन्छ । यसको लागि धेरै लगानी लाग्छ । यतिमात्र हैन् । रेल मार्ग निर्माण र रेल वे सिस्टम तयारीको काम पनि भईरहेको छ । यो सबै कामहरु गर्नका लागि धेरै कठिन छ । सहज छैन् । जसलाई जुन कुराको बारेमा जानकारी हुदैन् । उयसलाई त्यो सुविधा छिटो चाहियो भन्ने हुन्छ । अहिले तयारीका साथ काम भईरहेको छ। यसैले योजना अनुसार काम गर्ने लक्ष्य हामीले लिएका छौ । फिल्डमा आउनका लागि समय लाग्छ ।

० दिर्घकालिन योजना के छ ?
रेल विभागले पूर्व पश्चिम(मेची–महाकाली), काठमाडौं–पोखरा–तराई, काठमाडौं–तराई लगायतका दक्षिण सीमा क्षेत्रमा पहिलो चरणमा रेल निर्माणको काम थालेका छौ । हामीले (भारतीय बोर्ड)बाट महत्वपूर्ण औद्योगिक, व्यापारिक शहरहरु एवं उत्तर सिमा (चीन–तीब्बत) बाट राजधानी काठमाडौंलाई रेल सेवामा जोड्ने काम भईरहेको छ। साथै औद्योगिक, व्यापारिक सहरहरुको रेल संजाललाई पूर्व पश्चिम एवं काठमाण्डौ तराईको रेल संजालसंग आवद्ध गर्ने योजना हामीले अघि सारेका छौ । यसैगरि प्रादेशिक प्रशासनिक केन्दहरुलाई पूर्व पश्चिम एवं काठमाडौं तराई रेल संजालसंग आवद्ध योजना समेत हामीले अघि सारेका छौ । यसैगरि आगामि २० वर्ष भित्र ४ हजार किलोमिटर रेल मार्ग निर्माण गर्ने काम हामीले गरेका छौ । उक्त लक्ष्य पुरा गर्नका लागि आगामी १० वर्ष भित्र १५ सय किलोमिटर र आगामी ५ वर्ष भित्र ७ सय ५० किलोमिटर रेल मार्ग निर्माण काम गर्ने योजना बनाएका छौ । साथै विभागले प्राथमिकता लगानी योजना २० र १० वर्षे निर्माण गरेर कामको थालनी गरिने गरि हामी अघि बढेका छौ । रेल मार्ग मार्फत यो सेवालाई विश्वस्तरीय बनाउने । लक्ष्य समेत हामीले गरेका छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *