सुदूरपश्चिम प्रदेशकै विकासको आधार तयार गर्दै छौँ

अन्तरवार्ता प्रमुख वाग्मती प्रदेश

हरिसिंह साउँद
मेयर
गोदावरी नगरपालिका
सुदूरपश्चिम प्रदेश राज्यको संयन्त्रबाट पछाडि पारिएको क्षेत्र हो । विकासका थुप्रै सम्भावना हुँदा पनि सुदूरपश्चिम राज्यको नजरमा अट्न सकेको छैन । ०७२ सालमा स्थानीय तहको निर्वाचन भएपछि भने यस क्षेत्रले विकासमा आफ्ना कार्यक्रम ल्याउन थालेको छ । पछिल्लो समय प्रदेश सरकार र स्थानीय तहको सक्रियाताले केही मात्रमा विकासका कामहरु भइरहेका छन् । सुदूरपश्चिमलाई विभिन्न सहर र भारतसँग जोड्ने अर्थात् प्रदेशको प्रवेश द्वार मानिने गोदावरी नगरपालिकाले कसरी काम गरिरहेको छ ? प्रदेशको स्थायी राजधानीसमेत तोकिएको यस क्षेत्रमा धेरैको ध्यान मोडिएको छ । अहिले यहाँको विकासका कामहरु कति र कसरी भइरहेका छन् ? यस्ता विविध विषयमा तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एलबी विश्वकर्माले गोदावरी नगरपालिका मेयर हरिसिंह साउँदसंग गरेको कुराकानीको सम्पादित अंश….
० गोदावरी नगरपालिमा विकासका कामहरु कसरी भइरहेका छन् ?
गोदावारी नगरपालिका धनगढीबाट नजिकैको अर्थात सहरसँग जोडिएको नगरपालिका भए पनि विकासको क्षेत्रमा पछाडि परेको क्षेत्र हो । विगतमा पनि यहाँ सम्भावनाहरु धेरै थिए । घना जंगलहरु पार्क निर्माण, मन्दिरहरु पर्यटनको विकासका लागि पर्याप्त स्थानहरु थिए । तर, विकासको क्षेत्रमा भने सधैँ पछाडि नै पर्दै आएको थियो । हामीले निर्वाचित भएर आफ्नो कार्यभार सम्हालेदेखि नै विकासका कामहरु गर्दै आएको छौँ । विगतका दुई वर्षमा हामीले साना तथा अत्यावश्यक आयोजनाहरुलाई प्राथमिकतामा राखेर काम गर्दै आएका थियौँ । अहिले त्यो क्षेत्र फराकिलो भएको छ । ठूला आयोजनाका कामहरु पनि हामीले गर्न थालेका छौँ । जनताले चाँडो विकास चाहन्छन् । हामीलाई थाहा छ । हामी पनि चाँडो काम गर्न चाहान्छौँ । तर, विडम्बना त्यसरी काम गर्न नसकिँदो रहेछ । विकास भन्ने कुरा छिनभरमा हुने कुरा होइन । यो क्रमिक रुपमा भइरहने प्रक्रिय हो । विकासका विषयगत कुरा गर्दा कृषिदेखि सडक निर्माण स्तरोन्नतिलाई मुख्य प्राथमिकतामा जोड दिएको छ । यस क्रममा विभिन्न ठाउँमा पुल पुलेसाहरुको डिपिआर तयार पारेका छौँ । धार्मिक तथा पर्यटकीय स्थललाई पनि विकासमा अगाडि बढाएका छ । यसका यसै कार्यकालमा जनतालाई महसुस हुने गरी विकासका गतिविधि अगाडि बढाएको छ । गोदावरीमा विगत २० वर्षमा नभएको काम अहिले सम्पन्न गरेको छौँ । खेलकुद, नदीमा तटबन्ध राख्ने कामहरु अगाडि बढाइएको छ ।
० यो अवधिभर जनताले देख्ने के के कामहरु गर्नुभयो ?
कामहरु धेरै भएका छन् । जुन हाम्रो दैनिक जीवनमा अत्यावश्यक पनि पर्छन् । त्यसमध्ये हामीले नगरपालिकाको विभिन्न क्षेत्रमा ७० देखि ९० ठाउँमा कल्भर्ट बनाएका छौँ । खोलानालाहरु धेरै भएकाले कल्भर्ट नहुँदा आवतजावतमा समस्या हुने गरेको थियो । अहिले त्यसबाट मुक्ति पाइएको छ । यसैगरी केही स्थानमा बिजुलमा पहुँच थिएन । हामीले बिजुली विस्तार ग¥यौँ भने सडक नपुगेको ठाउँमा ग्राभेल सडक निर्माण गर्ने, ग्राभेल सडक भएको ठाउँमा कालोपत्रे गर्ने कामहरु गरेका छौँ । यसैगरी यहाँको अधिकांश जनसंख्या कृषिमा आत्मनिर्भर छ । सबै ठाउँमा सिंचाईको पहुँच छैन । ती स्थानहरुमा सिँचाई ट्यिुवेल निर्माण गरेका छौँ । यी सबै कामहरु कुनै सम्पन्न भइसकेका छन् भने अधिकांश कामहरु हामीले लगातार रुपमा गरिरहेका छौँ । हाम्रो नगरपालिकाको वडा नम्बर ४ र १४ खानेपानीको एकदमै असुविधा भएका स्थानहरु हुन् । हामीले ती वडालाई प्राथमिकतामा राखेर खानेपानीका आयोजना निर्माणको काम करिब अन्तिम चरणमा पु¥याएका छौँ । यसका साथै यस नगरमा भएको धार्मिक तथा पर्यटकीय स्थलको विकासका लागि केन्द्र र प्रदेश सरकारसंग समन्वय गरेर काम गरिरहेका छौँ ।
० कृषिमा जनजीवन आधारित भन्नुभयो । कृषकको हितमा के के काम गर्नुभयो ?
कृषिको क्षेत्रमा हामीले धेरै कामहरु गरेका छौँ । कृषकहरुलाई उत्साहित बनाउनका लागि बिउ बिजन वितरण, नयाँ खेती प्रणालीका तालिमहरु दिनेलगायत कामहरु गरेका छौँ । हामीसँग बजार पर्याप्त मात्रामा छ । अझै विकासको क्षेत्रमा अपेक्षित जनसंख्या पनि उत्तिकै बढी छ । यसैले चाहेर पनि हामीले धेरै कुराहरु गर्न सकेका छै्रनौँ । विकासको क्षेत्रमा यस्ता कामहरुले अझ बढी उत्प्रेरित पार्ने हामीले विश्वास गरेका छौँ । यहाँको विकासको प्रमुख आधार पनि त आखिरमा यही हो । कृषि क्षेत्रको हामीले विकास गर्न सकेनौँ भने विकासको क्षेत्रमा अझ पछाडि पर्न सक्छौँ । यसैले विकासमा जनतासँगै हातेमालो गरेर जाने हाम्रो चाहना हो । जनताले पनि आखिरमा त्यही चाहन्छन् । र, हामी पनि त्यही चाहन्छौँ । यसरी विकासका कामहरु धमाधम गर्न सकेको खण्डमा पाँच वर्षका हाम्रो अवधिभर अवश्य पनि हामी जनताको मनमा बस्न सक्छौँ । जनताले अर्को वर्षमा पनि हामीलाई रुचाउनु पर्छ । स्थानीय सरकार जनतासँगै मिलेर जनताका लागि काम गर्न बनाइएको हो भन्ने विश्वास दिलाउन सक्नु नै हाम्रो ठूलो सफलता हो । यसैले यसतर्फ पनि हरेक स्थानीय तहले ध्यान दिनुपर्छ ।
० यहाँको ठूलो गुरुयोजनाको रुपमा आलिताल पनि एक हो । उक्त योजनाको काम के हुँदै छ ?
विकासको काममा नगरपालिकाले कुनै पनि कसर बाँकी राखेको छैन । अगाडि सारेका सबै आयोजनाहरु धामाधम भइरहेका छन् । त्यसमध्ये आलितालको कुरा गर्दा त्यसको काम पनि हामीेले गरिरहेका छौँ । यो आयोजना नगरपालिकाको प्रतिष्ठाको आयोजना पनि हो । यसैले विषेश प्राथमिकताका साथ काम गरिरहेका छौँ । तर, भोगाधिकारका विषयमा विवाद छ । यसैले पहिले त भोगाधिकार गर्ने कार्य अगाडि बढाइएको यसैले यसको काममा सोचेजति सफलता पाएको छैन । यसैगरी नगरपालिकाले आफू मातहतका योजनाहरु सबैलाइ एकै हिसाबमा अगाडि बढाएको छ । प्रदेशले वन सम्बन्धित कानुन नबनाइसकेको हुनाले समस्या आएको छ । यो समस्या गोदावरीको मात्र नभएर नेपाल अधिराज्यको समस्या हो । तर, हामी प्रदेश र केन्द्रमा भोगाधिकार नीति छिटोभन्दा छोटो गरी दिन आग्रह गरिरहेका छौँ ।
० नयाँ बजेट पेस गर्नु भएको २ महिना बित्यो । वडामा कसरी काम भइरहेको छ ?
नगरका लागि सबै वडा उत्तिकै महत्वपूर्ण हुन् । कसैलाई काखा कसैलाई पाखा गर्ने कुरा भएन । सबै १२ वडामा सन्तुलित तरिकाले बजेट विनियोज गरेका छौँ किनभने सबै वडामा ८० लाखका दरले बजेट विनियोजन गरेको हो । यो वर्ष हरेक वडामा लगभग ३ किलोमिटर कालोपत्रे गर्ने नीति लिएको छ र अर्को कुरा कृषिलाई प्राथमिकता दिएको हुनाले कृषिलाई पकेट क्षेत्र बनाउनका लागि १२ महिना हरियाली बनाउन एक समूहलाई जिम्मा दिने गरी अगाडि बढेका छौँ ।
० नगरको मुख्य प्राथमिकतामा परेको क्षेत्र के हो ?
अहिलेको जल्दोबल्दो विषय नै कृषि हो । त्यसैले पहिलो प्राथमिकता कृषि नै हो । अहिलेको रोजगार समस्या समाधान गर्नका लागि कृषिले मात्र पूरा गर्ने छ । कृषिलाई बुझ्न नसक्दा फलफूल, माछा, मासु, अण्डाजस्ता कुरा बाहिरबाट ल्याउन परेको छ । यसलाई रोक्ने प्रयासमा नगरपालिका लागिपरेको छ ।
० नेतृत्व सम्हाल्न कतिका चुनौती छन् ?
नेतृत्वको कुरा गर्दा यसलाई ठूलो विषय मान्दैन । हरेक कुरामा चुनौती छन् । हरेक कुरामा अप्ठ्यारा समस्या आइपर्छन् । मान्छेका आ–आफ्ना विचार धारणा हुन्छन् । कसैले केही कुरा भन्दैमा पछाडि हट्ने कुरा भएन । इमान्दारी तरिकाले अगाडि बढ्ने हो ।
० दुई वर्षमा भोगेका समस्याहरु के–के छन् ?
काम गर्दै जाँदा समस्या आइपर्छन् । दुई वर्षमा काम गर्ने शिलशिलामा कानुनी अड्चन नै मुख्य चुनौती देखापरे । त्यसका बावजुद पनि धेरै विकासदेखि कार्यालय व्यवस्थापनको पाटो अगाडि बढाएका छौँ । कानुनी पाटोबाट उन्मुक्ति पाउन वा न्यूनीकरण गर्न स्थानीय सरकार, प्रदेश र केन्द्र सबै लाग्नुपर्दछ ।
० गोदावरी नगर प्रदेशको स्थायी राजधानी तोकेको छ । यस बारेमा के भन्नुहुन्छ ?
गादोवरी राजधानी तोक्नु आफैँमा गौरवको विषय हो । यहाँका जनताका लागि अवसर पनि हो । गोदावरीभित्र प्रदेश राजधानी नहुनेमा शंकै छैन । राजधानीका लागि नाप नोक्सान सुरु भएको छ । अहिलेको प्रदेश सरकारको बजेटमा राजधानीका लागि केही बजेटसमेत छुट्टयाइसकेको अवस्था छ । यसको प्रक्रिया तत्काल अगाडि बढाउन समस्या होला । राजधानी र वन जोडिएकाले तत्काल समस्या देखिनु स्वभाविकै नै मान्नुर्पछ ।
० अत्तरियाका व्यवसायीको समस्यामा नगरले बेवास्ता गरेका हो र ?
गोदावरी नगरपालिकाले पारदर्शी र सबैको समस्या समट्ने प्रयास गरेको हो । सबैका विचार समट्न कटिबद्ध रुपमा लागेको छ । व्यवसायीलाई बाइपास गरेर योजना ल्याउने नगरको उद्देश्य छैन । करदेखि राजस्वका बारेमा सबै व्यवसायीहरुसंग विचार विर्मश गरेका छौँ । उहाँहरुको उपस्थितिलाई जहिले पनि प्राथमिकतामा दिने गरिएको छ । नगरको विकासका लागि कुनै पनि निकायलाई पछाडि राख्ने पक्षमा हामी कदापि छैनौँ र रहने पनि छैन । यहाँको विकास कुनै एक व्यक्तिले गर्ने होइन, सबैका साथ सहयोग मात्र सम्भव भएकाले नगरबासी सबैको साथ सहयोग आवश्यक पर्दछ ।
० विकासका काममा पार्टीका उच्च तह नेतृत्वको दबाब आउँछ ?
विकासको काममा उच्चतहका नेताभन्दा पनि स्थानीय सरकार आफैँमा स्वयत्त भएकाले आफ्नो तरिकाले अगाडि बढेका छौँ । यद्यपि विकासको क्रममा सुझाव सल्लाह लिने कुरा फरक बाटो होला । नगरका आफ्नै योजना छन् । आफ्नो शैली छ । त्यसैले कसैले आफ्नो स्वार्थका लागि यस्तो गर भनेमा त्यो बाटोमा कदापि जादैनौँ ।
० नगरको भावी योजना के छन् ?
गोदावरी नगरपालिका प्रदेशको एक प्रमुख केन्द्र हो । यसको विकास र वातावरण अनुकूल हुने गरी अगाडि बढेका छौँ । नगरको भावी योजनामा कालोपत्रे सडक, पुल पुलेसा, कल्भर्ट, खानेपानी, सिँचाई पर्दछन् साथै कृषि पकेट कार्यक्रम, वातावरण संरक्षण र तटबन्ध निर्माण गर्ने कार्य मुख्य योजना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *