प्रधानमन्त्रीको कुरा अलपत्र

प्रमुख राजनीति

काठमाडौं । एउटा इमान्दार शासक देश र जनताप्रति वफादार हुन्छ । उसको कर्तव्यनिष्ठाले पनि मुलुक बन्छ । कम्युनिस्ट पार्टीकै बद्नाम गरेर नेकपाकै हुर्मत लिने विश्व ब्रह्माण्ड कब्जा गरेका प्रधानमन्त्री केपी ओली आफ्नै बोली बचनमा कति सचेत छन् ? उनले प्रधानमन्त्री भएदेखि देखाएको व्यवहारले इमान्दारिताको कतै सन्देश पाएको छैन ।
प्रम ओलीले १६ माघ ०७५ मा भनेका थिए, ‘म भ्रष्टाचारीको अनुहार हेर्दिनँ, कुन नेता र कुन पार्टी हो चिन्दिनँ ।’ नेपालमा सरकार नै नभएजस्तो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने काम कलाकारलाई सुम्पन लाज नलाग्ने सरकारलाई जनताले कसरी जनताप्रति इमान्दार भएको व्याख्या गर्छ ?

प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध छानबिन गर्ने अख्तियारलाई छेकेर नीतिगत भ्रष्टाचार गर्न उक्साएको स्थिति छ । भ्रष्टाचारीमाथि कारबाही हुन्छ भनेका प्रधानमन्त्रीले आफ्नो मन्त्रीले गरेको क्रियाकलाप नियन्त्रण गर्न के गरे ? आफैँ भ्रष्टाचार गर्नेले आफ्नै छायाँ दोषी देखिन्छ भनेझैँ प्रम ओलीले मन्त्रीहरु इश्वर पोखरेल, गोकुल बास्कोटा, बिना मगरको मात्र होइन, आफ्नै सल्लाहकार विष्णु रिमाल, डा.राजन भट्टराई, असगर अलीको तर्फ ध्यान दिएको छैन ।
अहिले प्रेस सल्लाहकारका रुपमा खरो सूर्य थापा लगिएको छ । उनको काम रक्षामन्त्री इश्वर पोख्रेलको डिजाइनमा ओलीको देवत्व करण गर्नु र पार्टीको अध्यक्ष प्रचण्डको फेसबुक स्टाटसबाट लागिपर्नु हो । नियतीले एमालेको केन्द्रीय सदस्य भएबापत ४४५ जनाको भिडको केन्द्रीय सदस्य पनि हुन् ।

भ्रष्टमाथि कारबाही भइसक्यो भन्दै नांग्लो ठटाएर हात्ती तर्साएझँै रंगेहात पक्रे भ्रष्टाचार मुद्दा सक्यो, डिएसपी श्याम राईले सफाइ पाएको परिघटना ओलीको भ्रष्टमाथिको कारबाही हो ? जनता जान्न चाहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *