एसपी मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन

गण्डकी प्रदेश प्रमुख बिबिध

प्रदेश नम्बर ३ को प्रहरी कार्यालय हेटौंडाले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ललाई १२ घण्टाभित्र तोकिएको ठाउँमा हाजिर हुन निर्देशन दिएको छ।

सरुवा भएको १३ दिनसम्म पनि जिल्ला नछाडेपछि उलाई यस्तो निर्देशन दिनुपरेको कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयले बुधबार दिएको निर्देशनमा भनिएको छ, ‘‘दानबहादुर मल्ल हालसम्म पनि सरुवा भएको दरबन्दीमा रवाना गरेको जानकारी यस कार्यालयमा प्राप्त हुन नआएकाले तहाँ कार्यरत प्रहरी नायब उपरीक्षकलाई सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र ठेकिएको दरबन्दीमा रवाना गरी सोको जानकारी तालुक कार्यालय तथा यस कार्यालय समेतमा दिन निर्देशन गरिन्छ ।’’

एक प्रहरी अधिकारीले भने, ‘‘समय नै तोकेर निर्देशन दिनु ठूलो कुरा हो । यस्तोमा निर्देशन नमाने प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने अवस्था आउँछ ।’’

पुस ४ गते एसपी मल्लसहित २४ एसपीको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको थियो । उनको स्थानमा एसपी गंगा पन्तको चितवन सरुवा भएको थियो । मल्ललाई भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको प्रहरी कार्यालयमा सरुवा गरिएको थियो ।

मल्ल सरूवा भएको ठाउँमा हाजिर भएको जानकारी प्रहरी महानिरीक्षकको कार्यालयमा पनि बोधार्थ पठाउन आग्रह गरेको छ। सरूवा भएका अधिकांश प्रहरी उपरीक्षकले जिल्ला सम्हालिसकेका छन्। मल्ल कार्यरत चितवनमा प्रहरी उपरीक्षक गंगा पन्तको सरूवा भएको थियो।

मल्ल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्ववडीगार्ड हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *