कान्तिपुर टेलिभिजनबाट किन बाहिरिए दाहाल ?

प्रमुख समाचार

कान्तिपुर टेलिभिजनमा नायब महाप्रबन्धको रुपमा विगत १८ वर्षदेखि संलग्न रहेका भूषण दाहाल राजीनामा दिएर बाहिरिएका छन् । दाहालले छाडेसँगै कान्तिपुर टेलिभिजनका इमानदार तथा व्यवसायिक कर्मचारीमा भने रुवाबासी चलेको छ । मौखिक सहमतिमा कान्तिपुर टेलिभिजनमा नायब महाप्रवन्धको जिम्मेवारी सम्हालेका दाहाल मौखिम रुपमा नै कान्तिपुर टेलिभिजनबाट बाहिरिएका छन् । उनलाई कान्तिपुर टेलिभिजनबाट बाहिरिने अवस्था अहिले कान्तिपुर टेलिभिजनमा हर्ताकर्ता देखिएका शिशिर प्रसाईले सिर्जना खडा गरेका हुन् । अध्यक्ष कैलाश सिरोहियाले टेलिभिजन व्यवस्थापनको रेखदेख गर्ने जिम्मेवारी दिएका शिशिर प्रसाईले केही समययताबाट कान्तिपुर टेलिभिजनमा हायर एन्ड फायरको नीति अख्तियार गर्दै आएका छन् । प्रसाईको यही नीतिको कारण कान्तिपुर टेलिभिजनबाट कतिपय व्यवसायिक र इमान्दार पत्रकार तथा कर्मचारीहरु बाहिरिएका छन् भने नयाँ नयाँ अनुहारले कान्तिपुर टेलिभिजनमा प्रवेश पाएका छन् । दाहाल बाहिरिएसँगै अहिले कान्तिपुर टेलिभिजनमा शिशिर प्रसाई र केशव खड्काको हालीमुहाली चल्ने गरेको छ । यसरी कान्तिपुर टेलिभिजनमा प्रसाई र खड्काले चलाइराखेको मनपरीप्रति अध्यक्ष सिरोहिया भने अनभिज्ञ रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *