जनप्रतिनिधि र कर्मचारी एक सिक्काको दुई पाटा भएकाले मिलेर अगाडि बढ्दा राम्रो हुन्छ

अन्तरवार्ता बिबिध वाग्मती प्रदेश

 

 

गोकर्णेश्वर नगरपालिका धार्मिक तथा ऐतिहासिक क्षेत्र हो । स्थानीय निर्वाचनपश्चात यहाँको समग्र विकास कसरी भइरहेको छ ? स्थानीय सरकारले जनताका आधारभूत आवश्यकता र युवा उद्यमीको विकासका लागि ल्याएको योजनाहरु, कर बृद्धिको ज्यादतीलाई कसरी कम गर्न सकिन्छ ? अघिल्लो वर्ष के कस्ता विकास निमार्णका काम भए जस्ता विषयमा ०५२ सालबाट सरकारी सेवामा प्रबेश गरेर ०५९ सालमा निजामती कमचारी भई १४ वर्षदेखि नगरपालिमामा जीवन बिताएका गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीसँग गरेका कुराकानीका अंशः
० स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष व्ययतित भइसक्यो । यो अवधिमा देखिने गरी भएका विकासका कामहरु के के हुन् ?
हामीले विशेष गरी पूर्वाधारका कामहरु गरेका छौँ । जस्तोः बाटोघाटो, स्थानीय भवनहरु, वडा भवनहरु ठाउँ ठाउँमा पिच गर्ने ढलान गर्ने । खानेपानीको पाइपलाइन बिच्छाएर पानीको सुविधा, ढलहरुको छुट्टै व्यवस्थापन । पुलहरुको निर्माणका साथै अन्य कामहरु गरेका छौँ । माघको अन्तिमसम्ममा हामीले ४० प्रतिशत काम गरिसकेका छौँ अब ६० प्रतिशत मात्र काम बाँकी रहेको छ ।
० सबैभन्दा प्राथमिकतामा राखिएका कामहरु चाहि“ के के होलान् ?
हामीले प्राथमिकतामा राखेका काममध्ये नगरका गौरवका योजनाहरु रहेका छन् । जस्तो तारेभिरमा शिब र बुद्धको मन्दिर बनाउनका लागि डिजाइन भइसकेका छन् । पशुपतिदेखि सुन्दरीजलसम्मलाई हामीले धार्मिक प्लेटको रुपमा राखेका छौँ । उत्तरगया धाम र गोकर्णेश्वर मन्दिरहरु पुनर्निर्माणका काम गर्ने हाम्रो पाथमिकतामा रहेका कामहरु हुन् ।
० यो आर्थिक वर्षमा लिइएको लक्ष्य के के हुन् ? कति पूरा भए ? कति बाँकी छ ?
यो आर्थिक वर्षभित्र सबै कुराहरु समेटेका छौँ जस्तो भौतिक पूर्वधारका कामहरु, आर्थिक विकासका कामहरु, रोगजारलाई विकास गर्ने कामहरु, सीप प्रविधिहरु विकासका काम, साथै कृषिमा हामीले व्यवसायिकताका हिसाबले अगाडि बढाएका छौँ । विकासका कामहरु पनि रहेका छन् । पर्यटन वर्ष भएकाले विशेष गरी सोहि अनुसार कार्यक्रमहरु अगाडि बढाएका छौँ । कुशे औँसीमा विशेष गरी यो कार्यक्रम गर्ने गरेका छौँ । ज्याष्ठ नागरिकहरुलाई निःशुल्क सेवा दिने छौँ । त्यस्तै १ कक्षा देखि ८ सम्मका लागि पाठ्यपुस्तकहरुमा परिमार्जन गर्ने काम गरेका छौँ । यो वर्ष धेरै कामहरु पूरा भए भने केही बाँकी छ जुन आर्थिक वर्षभित्रमा पूरा हुन्छ भन्ने मेरो पूरा विश्वास रहेको छ । १ देखि ६ कक्षासम्मका लागि मेरो गोकर्णेश्वर र ६ देखि ८ कक्षाका लागि हाम्रो गोकर्णेश्वर किताब पठनपाठन भइरहेका छन् । जहाँ यही स्थानको बारेमा चर्चा रहेको छ ।
० स्थानीय तहका कर ज्यादा भएको गुनासो सुनि“दै छ । करको दर र दायरा घटाउने योजना के के छन् ?
अघिल्लो वर्ष जति थियो सोहि अनुसार नै छ हालसम्म त्यसपछि बढाएको छैनौँ । करको दायरा विस्तार गर्न खोजेका छौँ । जस्तो घर बहाल करलाई हामीले विशेष अभियान गरेका छौँ । व्यवसायका लागि हामीले दर्ता प्रक्रिया अगाडि बढाउनु पर्छ भनेर लागेका छौँ । अहिले हामीले यो आर्थिक वर्षमा ४० करोडको अनुमान गरेका छौँ हालसम्म ३६ करोड उठाउन सफल भएका छौँ । यो मिनिमम् कर नै रहेका छौँ । पहिला हामी कर प्रणालीमा थिएनौँ र कर तिर्ने बानी पनि थिएन । त्यसैले ढाड सेकिएको भनेका हुन् । चारतले घर बनाएका हुन्छन् कोठा र सटरबाट भाडा उठाएका हुन्छन् अनि त्यसबाट वर्षको ३/४ हजार सरकारलाई तिर्न गाह्रो मान्छन् । हामी नेपालीको बानी नै छ अधिकार खोज्ने कर नतिर्ने । तर, हामी करसम्बन्धी अध्ययन पनि गरिरहेका छौँ ।
० नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच एकले अर्कालाई नटेर्ने परिपाटी चलिरह“दा यहाँ चाहिँ दुईबीच कस्तो सम्बन्ध छ ?
हामी त राम्रो समबन्ध छ भन्छौँ यहि कारणले नै हामी आफ्नो कामहरु पूरा गर्न सकिराखेका छौँ । तर, यी कुराहरु अन्त धेरै नै सुनिरहेका कुरा नै हुन् । राजनीतिकर्मी र कर्मचारीहरुबीच यस्तो सम्बन्धले धेरै विकास निर्माणका कामहरु पनि ठप्प भएका छन् । विशेषगरी, पार्टी फरक फरक भएकाले यस्तो समस्या भएको छ । सानातिना मनमुटाब त भइहाल्छ नै तर, मिलेर अगाडि बढ्नु पर्छ भन्ने मेरो मान्यता रहेको छ । कहिलेकाहीँ जनप्रतिनिधिमा पनि मैले भने पछि हुनै पर्छ भन्ने हुन्छ भने कर्मचारी पनि मैले धेरै अध्ययन गरेको छु मै जान्ने छु भन्ने घमण्ड भएको हुनेछ यहि कारणले यस्तो सिर्जना भएको हुन् । हामी एक सिक्काको दुई पाटा भएकाले हामी मिलेर अगाडि बढ्दा राम्रो हुन्छ । हाम्रोमा खासै नराम्रो भएको छैन ।
० भन्नलाई गाउँ गाउँमा सिंहदरबार भनि“दै छ तर जनताले यस्को प्रत्याभू्त गर्न पाएनन् भन्ने गुनासो पनि स“गै उठ्दै छ । यसबारेमा के भन्नुहुन्छ ?
गाउँ गाउँमा सिंहदरबार भन्नुको मुख्य कारण सानो कामलाई पनि टाढा जान नपरोस्, गाउँमै काम भएको कारणले भनिएको पनि हो । हामी प्रजातन्त्रको अभ्यासमा छौँ । जनताको माग पनि धेरै नै महत्वकांक्षी नै छ । हामी टेक्नोलोजीको कारणले अन्य देशको तुलनामा पछि छौँ । हिजो सेवा लिन केन्द्रमा धाउनु पर्ने थियो आज परेको छैन । कृषि, पशु, ज्याष्ठ नागरिकका छुट्टा छुट्टै थिए । त्यहि अनुसार धाउनु पथ्र्यो तर आज एउटै कार्यालयबाट सम्भव भएको छ । हामीसँग नभएको काम भनेको नापी र मालपोत मात्र हो यो पनि पूरा भएपछि त कतै जानै परेन नी १ यहि कारणले धेरै सुबिधा भएको देखिन्छ ।
० समायोजन भएर स्थानीय तहमा खटाइएका कर्मचारी कतै हाजिर गर्न नदिइएको त कतै कर्मचारी नपुगेको गुनासो सुनिन्छ । यहाँको अवस्था के हो ?
समायोजन भएर स्थानीय तहमा खटाइएका कर्मचारी कतै हाजिर गर्न नदिएको त कतै कर्मचारी नपुगेको गुनासो दिन प्रतिदिन सुनिएको कुरा हो तर हाम्रो नगरपालिकामा भने यस्तो अवस्था छैन । कर्मचारीहरु विशेष कारणले बिदामा बस्न परेको खण्डमा बसेका हुन्छन् । बिनाजानकारी पनि बिदामा बसेका हुँदैन । र कर्मचारीको कारणले हामीले सेवाग्राहीको काम भएको पनि छैन ।
० मुलुकको विकास र समृद्धि भनेको उद्योेग, कलकारखाना हुन् । यस क्षेत्रको विकासका लागि चाहि“ के कस्ता योजना तर्जुमा गरिएको छ ? स्पष्ट पारिदिनुस् न ।
मुलुकको विकास र समृद्धि भनेको उद्योग, कलकारखाना हुन् । यस क्षेत्रको विकासका लागि चाहिँ हामीले कर प्रणालीमा ल्याएका छौँ । दर्ता प्रक्रियामा भएको झन्झटिलो पनि हामीले सहजीकरण प्रक्रियामा छौँ । साथै कलकारखाना निर्माण गर्न खोजेकाहरुलाई केहि सुविधा दिएका छौँ ।
० समृद्धिको महाअभियान वर्ष भनिएको अवस्थामा गएको वर्षमा के कस्ता कामहरु भए ?
गएको वर्षमा विशेषगरी पूर्वधारका काममा अगाडि बढ्यौँ । भित्रभित्र बाटोघाटो नपुगेको ठाउँमा बाटो पु¥यायौँ । खानेपानीहरुको पाइपलाइनदेखि पानीको सुविधा दियौँ । शिक्षामा विस्तार ग¥यौँ । बाटोहरु पिच गरेका छौँ । ढलान गरेका छौँ । सीप विकासको क्षेत्रमा महिलाहरुलाई सीपको तालिम दियौँ । साथै रोजगार दिने काम पनि बढायौँ ।
० अन्तमा…राजनीतिक विवादका कारण कुनै योजना अड्केका पो छन् कि ?
त्यस्तो खासै हाम्रो नगरपालिकामा देखिएको छैन, जसको कारणले योजना नै अड्कने खालको त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *