विदेशबाट फर्किनेको जानकारी दिनेलाई ५ हजार पुरस्कार !

समाचार

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले गाउँमा विदेशबाट फर्किनेको जानकारी दिनेलाई ५ हजार रुपैयाँ पुरस्कार घोषणा गरेको छ ।

टोलटोलमा माइकिङ गरेर गाउँपालिकाले वैदेशिक रोजगारीबाट आएकाको जानकारी दिने व्यक्तिलाई ५ हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।

वैदेशिक रोजगारीबाट आएका पाँच जनालाई गाउँपालिकाको स्वास्थ्यकर्मीको निगरानीमा सेल्फ होम क्यारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । प्रत्येक वडामा १५र१५ शय्यासहितको क्वारेन्टाइन र तीन स्थानमा पाँच शय्याको आइसोलेसन कक्ष निमार्ण गरेको उनले बताए ।

चार वटा एम्बुलेन्स तयारी अवस्थामा
कोरोना भाइरसको शंकास्पद बिरामीलाई आईसोलेसन वार्डसम्म पुर्‍याउनको लागि जिल्लामा ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । सोलुदुधकुण्ड नगरपालिका, केरुङ्ग स्वास्थ्य चौकी, बेनी स्वास्थ्य चौकी र तल्लो सोलु हाईड्रोपावरको एम्बुलेन्स तयारी अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजबंशीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *