आज मूर्ख दिवस

विविध

आजका दिनलाई विश्वका कयौं देशमा ‘अप्रिल फूल’का रुपमा मनाउने गरिन्छ । आजको दिनलाई ‘मूर्ख दिवस’ पनि भन्ने गरिएको छ ।

यस दिनमा मानिसहरुले आफूहरुले चिने–जानेका छरछिमेक, इस्टमित्र, नातागोता, साथीभाइ लगायतलाई मूर्ख बनाउने वा झुक्काउने गरिदै आइएको छ । यस दिनलाई हँसिमजाकका रुपमा पनि लिइने गरिएको छ ।

कथा र इतिहास
अप्रिल र मूर्खताबीचको सम्बन्धको पहिलो अभिलेख चान्सर के क्याटरबरी टेल्स (१३९२) मा पाइन्छ । कतिपय लेखक १६औँ शताब्दीमा जनवरी १ लाई नयाँ वर्षका रूपमा बाहेक अर्को विदाको दिन बनाउन यसको सुरुआत गरिएको बताउँछन् । तर, यो सिद्धान्तले पुरानो सन्दर्भको उख्ल्लेख गर्दैन । यो पुस्तकको एउटा कथा नन्स प्रिस्टस टेलका अनुसार बेलायतका राजा रिचार्ड द्वितीय र बोहेमियाकी रानी एनीका बीचमा विवाह हुने हल्ला गरियो र मिति ३२ मार्च तोकियो ।

जसलाई त्यहाँको जनताले साच्चै ठाने र मूर्ख बने । त्यही वेलादेखि ३२ मार्च अर्थात् १ अप्रिललाई अप्रिल फुल डेका रूपमा मनाउन थालियो । एक अर्को कथाअनुसार, प्राचीन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो । सन् १५८२ मा पोप ग्रोगोरी १३ ले नयाँ क्यालेन्डर अपनाउन निर्देशन दिए, जसअनुसार जनवरी १ मै नयाँ वर्ष हुन्थ्यो । त्यति हुँदा पनि कतिपयले अप्रिल १ लाई नै नयाँ वर्ष मनाइरहेका थिए ।

यसरी अप्रिल १ मा नयाँ वर्ष मनाउनेलाई जनवरी १ मा नयाँ वर्ष मनाउनेले मूर्ख ठान्न थाले र उनीहरूको मजाक उडाए ।१९१५ को कुरा हो, जब जर्मन विमानस्थलमा एक बेलायती पाइलटले ठूलो बम फाले । यो देखेर मानिसहरू यत्रतत्र भागे, धेरै समयसम्म मानिसहरू लुकेर बसे । तर, धेरै समय बित्दासमेत जब कुनै विस्फोटको आवाज आएन, तब मानिस फर्केर त्यो बम हेर्न आए ।

त्यहाँ एउटा ठूलो फुटबल थियो, जसमा ‘अप्रिल फुल’ लेखिएको थियो । यस्तो पनि भनिन्छ कि, पहिले भारतवर्षकै क्यालेन्डर संसारभर मानिन्थ्यो । जसअनुसार नयाँ वर्ष चैतमा अर्थात् अप्रिलमा पर्दथ्यो । १५८२ मा पोप ग्रोगोरीले नयाँ क्यालेन्डर ल्याएपछि त्यसलाई धेरैले मान्न थाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *