दोस्रो पटक थपिएको लकडाउनको समय सकिँदैः फेरि एक सातासम्म थप गर्ने तयारीमा सरकार

विविध समाचार

सरकारले लकडाउनको समय एक हप्ता लम्बाउने तयारी गरेको छ ।

आज अपराह्न चार बजे बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा लकडाउन लम्ब्याउने र नियमित विषयमा निर्णय हुने बताइएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कम्तीमा एक साता लकडाउन लम्ब्याउने तयारी गरेको छ ।

आइतबार बसेको कोरोना भाइरस सम्बन्धी उच्चस्तरीय समितिको बैठकले पनि थप एक हप्ता लकडाउन अवधि थप्न सरकारलाई सिफारिस गरेको छ। यसअघि सुदूरपश्चि प्रदेशले पनि सरकारलाई लकडाउनको अवधि थप्न आग्रह गरेको थियो।

सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । १७ गते बसेको उच्चस्तरीय समितिको बैठकले २५ गतेसम्म कायम राख्न प्रस्ताव गरे बमोजिम मन्त्रिपरिषद्ले थप एकसाता लम्ब्याएको थियो । नेपालमा हालसम्म कोरोना भाइरसका ९ जना संक्रमित भेटिएका छन्, जसमध्ये ४ जना सुदूरपश्चिम प्रदेशमा, २ जन गण्डकी प्रदेशमा र २ जना काठमाडौंमा रहेका छन्। एक जना भने यसअघि नै निको भई घर फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *