को बन्लान त राष्ट्र बैंकको गभर्नर ? खनाल, अधिकारी र शिवाकोटी सिफारिस

अर्थ/वाणिज्य प्रमुख बैंक

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठित समितिले तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

अर्थमन्त्री डा। युवराज खतिवडा संयोजक र पूर्वगर्भनर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव कृष्णहरि बास्कोटा सदस्य रहेको समितिले अर्थ मन्त्रालयका पूर्व सचिव राजन खनाल, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई सिफारिस गरेको स्रोतले जनाएको छ।

आज बस्ने मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्तिको निर्णय गर्ने बुझिएको छ। चैत ५ गतेदेखि राष्ट्र बैंकमा गभर्नर रिक्त छ। संभवत आज बस्ने मन्त्रीपरिषद्को बैठकले गभर्नर नियुक्त गर्ने छ।

समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, ब्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित ब्यक्तिहरू मध्येबाट दुईजना छान्नु पर्छ। एकजना भने राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने कानुनी ब्यवस्था छ। समितिले कुल तीन जनाको नाम सिफारिस गर्छ। तिनै नामभित्र रहेर मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर नियुक्त गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *