लकडाउन उल्लंघन गरेको भन्दै धरानमा स्वास्थ्यकर्मीमाथि कुटपिट

समाचार

धरान उपमहानगरपालिका २० विष्णुपादुका स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टे‍न्ट चन्द्रप्रकाश खनाललाई प्रहरीले कुटपिट गरेको छ।

धरान उपमहानगरपालिकास्थित पानवारीमा लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले स्थानीय एक स्वास्थ्यकर्मीलाई पाइपले कुटेका हुन् । धरान– २० विष्णुपादुकाको स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्टको रूपमा कार्यरत स्वास्थ्यकर्मी चन्द्रप्रकाश खनाललाई पानवारी प्रहरी चौकीका प्रमुख सई भेषबहादुर राउतले पाइपले कुटपिट गरेको पीडितले बताएका छन् ।

स्थानीय साम्पाङ चोकबाट पानवारीमा एक जना बिरामीको नियमित ड्रेसिङ गर्न जानेक्रममा परिचयपत्र देखाउँदा पनि प्रहरीले कुटेको खनालले बताए
। प्रहरीले पाइपले कुटेको र कुटपिटबाट घाँटी नजिकैको भागमा सुम्ला बसेको छ ।
। बिरामीको घरैमा नियमित ड्रेसिङ गर्न जाने क्रममा बिहीबार बिहान कुटपिट भएको उनको भनाइ छ। आफू स्वास्थ्यकर्मी भएको जानकारी गराउँदै परिचयपत्र देखाउँदा समेत प्रहरीले लकडाउनको बेला हिँडेको भन्दै कुटपिट गरेको उनले बताए। कुटपिटबाट उनको घाटीँ नजिकैको भागमा सुम्ला बसेको छ।

कुटपिट गर्ने प्रहरी राउतले भने आफूबाट त्यस्तो दुर्व्यवहार नभएको दाबी गरेका छन्। उता धरान प्रहरी प्रमुख डिएसपी ढुन्डिराज न्यौपानेले भने आफूले भर्खर मात्र सूचना पाएको र सत्यतथ्य बुझेर कारबाही प्रक्रिया अगाडि बढाइने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *