कोरोनाको जोखीमकै बीचमा ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

समाचार

कोरोनाको जोखीमकै बीचमा ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु भएको छ। सोलुखुम्बुको अस्थायी प्रहरी चौकी दोर्पुका इन्चार्ज समेत रहेका प्रहरी हवल्दार देवीप्रसाद भट्टराईको आइतबार बिहान करिब ३ बजे ड्युटीकै क्रममा मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख (डिएसपी) टेकुनन्द इवा लिम्बुले जानकारी दिए।

लिम्बूका अनुसार काममै रहेका बेला शनिबार राति १२ बजे अत्याधिक पेट दुखेपछि उनलाई जिल्ला अस्पताल फाप्लु उपचारका लागि लगिएकामा बेहोश हुँदाहुँदै मृत्यु भएको हो ।

भोजपुर घर भई हाल सुनसरीमा बस्दै आएका ३८ वर्षीय भट्टराईका श्रीमती तथा दुई छोरा र एक छोरी छन् । अहिले उनको शव घर पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *